अमेरिकाको लडाकु बिमान इन्जिन भारतमा बनाउन मोदी र बाइडेनबीच सम्झौता
नेपालबहस संवाददाता
असार ९, २०८० शनिबार १३:५८:२८
९ असार, नयाँदिल्ली । अमेरिकाले लडाकु जेटको इन्जिन भारत मै बनाउने भएको छ । अमेरिका र भारतका बिचमा भारतीय वायु सेनाका लागि जेटको इन्जिन भारतमा बनाउने सहमति भएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अमेरिका भ्रमणको क्रममा सो सहमति भएको हो ।
अमेरिकाले जेट इन्जिनको प्रविधि भारतसँग साझा गर्ने निर्णय गरेको भारतीय सञ्चारमाध्यमले जानकारी दिएका छन् । जसअनुसार सैन्य क्षेत्रमा दुई देश बीचमा एतिहासिक र महत्त्वपूर्ण उपलब्धि मानिएको छ । सो अवसरमा अमेरिकाको जनरल इलेक्ट्रिक र भारतको सरकारी स्वामित्वको हिन्दुस्तान एयरोनटिक्स लिमिटेडबीच सम्झौतापत्रमा हस्ताक्षरसमेत भइसकेको छ ।
मोदी र अमेरिकी राष्ट्रपति जो बाइडेन बीचको भेटवार्ता पछि दुबै देशका कम्पनीका बीचमा सम्झौतासमेत भएको छ । अमेरिकामा निजी कम्पनीहरूले सैन्य सुरक्षा सामग्री उत्पादन गर्दै आएका छन् । मोदी २१–२३ जुनसम्म अमेरिकाको राजकीय भ्रमणमा रहेका थिए । तीन दिने भ्रमण सकेर मोदी शनिवार मिश्रतर्फ प्रस्थान गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतान्जानियामा मारबर्ग भाइसरका कारण आठ जनाको मृत्युः डब्लुएचओ
माघ २, २०८१ बुधबार
भारतको केरलामा दलित किशोरीमाथि ५ वर्षदेखि ६२ जनाले गरे बलात्कार, ४४ पक्राउ
माघ २, २०८१ बुधबार
दक्षिण कोरियाली राष्ट्रपति योन सुक योल पक्राउ
माघ २, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
बाढी, अग्नि पीडितको सहयोगार्थ एक करोड ४१ लाख सहयोग
माघ २, २०८१ बुधबार
सुशासन र विकासका लागि जरुरी भएकाले अध्यादेश ल्याइएको हो : प्रधानमन्त्री
माघ २, २०८१ बुधबार
राष्ट्रपतिले जारी गरे रोकि राखेको भूमिसम्बन्धी अध्यादेश
माघ २, २०८१ बुधबार