विश्वकप छनोट : नेपालले नेदरल्यान्ड्सलाई १६७ रनको चुनौती दियो
नेपालबहस संवाददाता
असार ९, २०८० शनिबार १६:४७:४६
९ असार , काठमाडौं । आईसीसी एक दिवसीय विश्वकप छनोट प्रतियोगिता अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले नेदरल्यान्ड्सलाई जितका लागि एक सय ६७ रनको चुनौती दिएको छ ।
जिम्बावेको टाकासिँगा स्पोर्ट्स क्लबमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४४ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै एक सय ६७ रनको योगफल बनाएको हो ।
नेपालका लागि कप्तान रोहित पौडेलले ५५ बलमा तीन चौका र एक छक्काको सहयोगमा सर्वाधिक ३३ रनको योगदान दिए । त्यस्तै नेपालका ओपनर आसिफ शेख तेस्रो ओभरको दोस्रो बलमा शून्य रनमा आउट भए । आजको खेलमा नेपालका कुनै ब्याटरका बीचमा उत्कृष्ट साझेदारी हुन सकेन ।
यसै गरी सन्दीप लामिछानेले ३३ बलमा चार चौकाको सहयोगमा २७ रन बनाए भने अर्का ओपनर कुशल भूर्तेलले ४२ बलमा दुई चौकाको सहयोगमा २७ रन जोडे । भीम सार्कीले ५६ बलमा एक चौकाको सहयोगमा २२ रन बनाए । दीपेन्द्रसिंह ऐरीले १४ र कुशल मल्लले १२ रन बनाए ।
नेदरल्यान्ड्सका लागि लगन भान विकले चार विकेट लिए भने बास डि लिड र विक्रमजित सिंहले समान दुई र दुई विकेट लिए । त्यस्तै क्लेटन प्लोयट र आर्यान दत्तले समान एक-एक विकेट झारे ।
नेपाल पहिलो खेलमा जिम्बावेसँग आठ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा अमेरिकालाई छ विकेटले हराएको थियो । नेपालले तेस्रो खेलमा वेस्ट इन्डिजसँग एक सय एक रनको फराकिलो हार व्येहोर्न पुगेको थियो ।
नेदरल्यान्ड्स जिम्बावेसँग छ विकेटले पराजित भएको थियो । नेदरल्यान्ड्सले अमेरिकालाई पाँच विकेटले पराजित गरेको थियो । नेपाललाई हराउँदा नेदरल्यान्ड्स औपचारिक रुपमा सुपर सिक्समा पुग्नेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोस्रो अभ्यास खेल: नेपाल अमेरिकासँग ५ विकेटले पराजित
माघ २, २०८१ बुधबार
यु–१९ महिला विश्वकप : अभ्यास खेलमा नेपाल ९ रनले पराजित
पुष २९, २०८१ सोमबार
जय ट्रफीः मधेसलाई हराउँदै आर्मी ८ विकेटले विजयी
पुष २८, २०८१ आइतबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
बाढी, अग्नि पीडितको सहयोगार्थ एक करोड ४१ लाख सहयोग
माघ २, २०८१ बुधबार
सुशासन र विकासका लागि जरुरी भएकाले अध्यादेश ल्याइएको हो : प्रधानमन्त्री
माघ २, २०८१ बुधबार
राष्ट्रपतिले जारी गरे रोकि राखेको भूमिसम्बन्धी अध्यादेश
माघ २, २०८१ बुधबार