श्रीमतीको बलात्कार गराएर भिडियो खिच्ने श्रीमान पक्राउ
नेपालबहस संवाददाता
असार १०, २०८० आइतबार १०:२१:२६
१० असार, एजेन्सी । फ्रान्समा एक ब्यक्ति आफ्नी श्रीमतीलाई अन्य पुरुषसँग १० वर्षसम्म बलात्कार गराएर फिल्म बनाएको आरोपमा पक्राउ गरेका छन् ।
उनी आफनी श्रीमतीलाई अरु पुरुषलाई बलात्कार गर्न लगाउँथे र त्यसको पुरै भिडियो खिचेर राख्दथे, जसलाई अहिले प्रहरीले पक्राउ गरी अदालतमा मुद्दा चलाईएको छ ।
आरोपित व्यक्तिको नाम डोमिनिक पी हो । उनको ५० वर्षअघि विवाह भएको थियो । सन् २०११ देखि उनले श्रीमतीलाई डिनरमा एन्टी एन्जाइटी औषधि खुवाउने गरेपछि श्रीमतीले बेहोस हुन्थिन र त्यही बेला उनी सुते पछि घरमा मानिसहरूलाई बोलाएर श्रीमतीलाई बलात्कार गराउँथे ।
आफनी श्रीमतीको बलात्कार गराउनका लागि उनले २६ देखि ७३ वर्षका ५१ पुरुषलाई बोलाएका थिए, जसलाई प्रहरीले बलात्कारको आरोपमा पहिचानसमेत गरिसकेको छ । प्रहरीले ती महिला माथी भएका यौन दुब्र्यबहारका ९२ भिडियो प्रमाण प्राप्त गरेको छ, जसमा ८३ जना अभियुक्त देखिएका छन् । तर अहिलेसम्म ५१ जना मात्रै पहिचान गरी पक्राउ गरिएको फ्रान्सेली प्रहरी अधिकारीले जानकारी दिएका छन् ।
यी अभियुक्तले तीन वर्षअघि नै चेन्जिङ रुममा लुकेको क्यामेराबाट अर्की महिलाको भिडियो बनाएको रहस्य खुले पछि उनलाई पक्राउ गर्दा यो डरलाग्दो बलात्कारको घटना उजागर भएको हो । यस घटनाको अनुसन्धानका क्रममा प्रहरीले उनको ल्यापटपको खोजी गरेको थियो । जहाँ उनले ‘अब्यूज’ नामको फाइल सेभ गरेका थिए ।
फ्रान्सेली सञ्चारमाध्यमका अनुसार आरोपीको ल्यापटपमा सयौं भिडियोहरू फेला परेका छन्, जसमा नाम, मिति र भिडियोमा खिचिएका कुराहरू उल्लेख गरिएको छ ।
श्रीमतीले बलात्कारको सुराक पाउन नपरोस् भनेर आरोपीले धेरै नियम बनाएका थिए । घरबाट अलि टाढा रहेको विद्यालय नजिकै बलात्कारीले कार पार्क गर्नुपरेको थियो । त्यसपछि अँध्यारो भएपछि छिमेकीले देख्न नपरोस् भनेर त्यहाँबाट हिँडेर अभियुक्तको घर पुग्नुपर्ने भयो ।
घरभित्र पस्ने बित्तिकै भान्सामा गएर लुगा फुकाल्नु पर्थ्यो । त्यसपछि अभियुक्तले घरमा आएका व्यक्तिलाई तातो पानीले हात धुन लगाइदिन्थे ताकि विभिन्न तापक्रमका कारण श्रीमती नउठून् । साथै, पुरुषहरूलाई चुरोट पिउन र अत्तर लगाउन निषेध गरिएको थियो। यसो हुनुको पछाडिको कारण पनि एउटै थियो कि उनी गएपछि श्रीमतीलाई घरमा कसैको आगमनको खबर नआओस् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतान्जानियामा मारबर्ग भाइसरका कारण आठ जनाको मृत्युः डब्लुएचओ
माघ २, २०८१ बुधबार
भारतको केरलामा दलित किशोरीमाथि ५ वर्षदेखि ६२ जनाले गरे बलात्कार, ४४ पक्राउ
माघ २, २०८१ बुधबार
दक्षिण कोरियाली राष्ट्रपति योन सुक योल पक्राउ
माघ २, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
बाढी, अग्नि पीडितको सहयोगार्थ एक करोड ४१ लाख सहयोग
माघ २, २०८१ बुधबार
सुशासन र विकासका लागि जरुरी भएकाले अध्यादेश ल्याइएको हो : प्रधानमन्त्री
माघ २, २०८१ बुधबार
राष्ट्रपतिले जारी गरे रोकि राखेको भूमिसम्बन्धी अध्यादेश
माघ २, २०८१ बुधबार