घुम्न जाने हैन त जिरी ! [ फाेटाेफिचर ]
नेपालबहस संवाददाता
असार १०, २०८० आइतबार ११:४७:११
१० असार, काठमाडौं । भौगोलिक रुपमा नेपाललाई दाँज्नै पर्यो भने विभिन्न देशको नाम लिने गरिन्छ , प्रायः सुरुमा सबैको दिमागमा स्विट्जरल्यान्ड नै आउने गर्छ । हो स्विट्जरल्यान्डको भुगोल नेपालसँग धेरै थोरै मिल्न पनि जान्छ तर नेपालको पनि मुख्य गरी अर्को स्विट्जरल्यान्ड भनेर चिनिने ठाउँ भनेको दोलखाको जिरी हो । राजधानी बाट करिब दुई सय किलोमिटरमा रहेको जिरी साँच्चै नै केही फरक देखिन्छ । काठमाडौंबाट काभ्रे, सिन्धुपाल्चोक, दोलखा कला संस्कृति, भेषभुषा र स्थानीय खाद्य परिकारहरू रहेका छन् ।
जिरीमा घुम्न जानको लागी प्रशस्त ठाउँहरू छन पाँच पोखरी, हनुमन्ते डाँडा, गुराँस डाँडा, बुद्ध पार्क, स्टोन पार्क, राम्बोले महादेव, जिरेश्वर मन्दिर, टोनी हेगन ईकोलोजिकल पार्क, चिज फयाक्ट्ररीहरु जिरी नजिकका मुख्य आकर्षण ठाउँहरू हो । जिरी का पर्यटन अभियन्ता भनेर चिनिने तथा जिरी घुम्न जाऔँ फिरिरि भनेर सुरु गर्ने व्यक्ति लीला राम खड्का भन्छन्, राजधानी नजिकको राम्रो पर्यटन क्षेत्रमा सम्भावना बोकेको क्षेत्र अहिले कसैको मुख मा आउने गरेको छैन जिरी । सगरमाथा को पहिलो प्रवेश द्वार भनेर चिनिने जिरी अहिले सुनसान छ । यसको समाधान गर्न स्थानीय सरकारसँगै केन्द्रीय सरकार को पनि ध्यान जान जरुरी छ ।
पहिला जिरी का होटलहरू गर्मीको समय मा भरि हुन्थ्यो अहिले त्यो न्यून मा झरिसकेको छ । आन्तरिकसँगै बाह्य पर्यटक को पनि धेरै सम्भावना बोकेको ठाउँ हो जिरी । उनले जिरी को पर्यटन प्रवर्द्धन गर्न धेरै कार्यक्रमहरूको पनि वर्षेनि आयोजना पनि गर्ने । जिरी मा प्रायः घुम्न आउने यहाँको हावा पानी मै रमाउन हो । गर्मी को समयमा गर्मी छल्न नै यहाँ विभिन्न जिल्ला बाट आन्तरिक पर्यटकहरू आउने गर्छन् । यहाँको जिरी चिज र छुर्पी पनि त्यत्तिकै लोकप्रिय छ ।
यहा आएर आलु , छुर्पी, चिजहरू नलग्ने बिरलै हुन्छन् । स्थानीय उत्पादन ले अझै राम्रो ठाउँ पाउन सक्छ अहिले जिरी सम्म सीमित भयो यसलाई देश भित्रै र बाहिर पनि लान सकिने बताउँछन् स्थानीय व्यापारीहरू ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआजबाट अग्रिम टिकट खुल्ला, झरीमा बिहानै देखि टिकट लिने सर्वसाधारणको बसपार्कमा भीड
असोज १२, २०८१ शनिबार
नख्खु खोलाले बगाएर ल्याएका एकजनाकाे सशस्त्र प्रहरीले गर्याे सफल रेस्क्यु
असोज १२, २०८१ शनिबार
सन्तान विदेशमा, बाबुआमा वृद्धाश्रममा !
असोज ११, २०८१ शुक्रबार
आशिका तामाङलाई पक्राउ गर्न सूर्यविनायक नगरपालिकाको माग
नेपालबहस संवाददाता
असोज ९, २०८१ बुधबार
कांग्रेसको प्राकृतिक स्रोत विभागमा १० सदस्य मनोनित
नेपालबहस संवाददाता
असोज ९, २०८१ बुधबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
नारायणगढ-मुग्लिङ्ग सडकको ९ किलोमा सडक भासियो
असोज १२, २०८१ शनिबार
पहिराले अवरुद्ध पृथ्वी राजमार्ग सञ्चालन अझै अनिश्चित
असोज १२, २०८१ शनिबार
अपडेट : बाढी, पहिरो र डुबानमा परी ६६ जनाको मृत्यु, ७९ जना बेपत्ता
असोज १२, २०८१ शनिबार
कोशी ब्यारेजमा पुलमाथि पानी, पैदल हिड्न रोक
असोज १२, २०८१ शनिबार
बाढी-पहिरोले उपत्यकामा ३२ सहित देशभर ५३ जनाको मृत्यु, थुप्रै क्षेत्र जलमग्न
असोज १२, २०८१ शनिबार
एन्फा एकेडेमीका ६ खेलाडी पहिरोमा परे, तिन जनाको शव भेटियो
असोज १२, २०८१ शनिबार