मेयर बालेन साहविरुद्ध सर्वोच्चमा अवहेलनाकाे रिट
नेपालबहस संवाददाता
असार १०, २०८० आइतबार १२:२४:५
१० असार, काठमाडौं । देशकै ठूलो जनघनत्व भएको काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ‘बालेन’विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पुगेकाे छ ।
उनले हालै दिएको ‘राष्ट्रियता र स्वाधीनताको सवाल अगाडि आउँदा म अदालतको आदेश मान्दिनँ’ भनेर सामाजिक संजालमा व्यक्त अभिव्यक्तिलाई लिएर अधिवक्ता वर्षाकुमारी झाले आइतबार रिट निवेदन दर्ता गराएकी हुन् । अदालतको अवहेलना गरेको भनी सर्वोच्च अदालतमा निवेदन दर्ता भएको छ । रिट निवेदक झाले मेयर शाहलाई अदालतको अवहेलनामा कारवाही हुनुपर्ने मागदाबी गरिएको छ ।
रिट मुद्दा बन्ने वा नबन्नेबारे निर्णय लिन न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजसालमा पेसी तोकिएको छ ।
केही दिनअघि मेयर शाहले भारतीय चलचित्र ‘आदि पुरुष’मा जानकी ‘भारतकी छोरी हुन्’ भन्ने संवाद नहटाएसम्म कुनैपनि हिन्दी फिल्म प्रदर्शन रोक्ने भनी लिएको निर्णयविरुद्ध चलचित्र संघले दायर गराएको रिटनिवेदनमाथि सुनुवाइ गर्दै उच्च अदालत पाटनले प्रदर्शन नरोक्न आदेश दिएपछि मेयर साहको उक्त अभिव्यक्ति आएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसूर्यदर्शन सहकारी बचत अपचलन: रवि लामिछानेसहित प्रतिवादीहरूको थुनछेक बहस जारी
पुष २४, २०८१ बुधबार
अदालतको अपहेलनासम्बन्धी मुद्दामा बार अध्यक्ष घिमिरेको विवादित अडिओ झिकाउन आदेश
पुष २३, २०८१ मंगलबार
नवीकरण नभएका सङ्कलित हतियार बुझाइँदै
पुष २४, २०८१ बुधबार
बादलुको घुम्टोभित्र घोराही र देउखुरी
पुष २४, २०८१ बुधबार
दार्चुला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापन जटिल
पुष २४, २०८१ बुधबार
जोशी हाइड्रोपावरको साधारण सभा माघ १५ गतेलाई आह्वान
पुष २४, २०८१ बुधबार
नारायणी डेभलपमेन्ट बैंकको ९४ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
पुष २४, २०८१ बुधबार
देशका सबै नागरिकमा शुद्ध पेयजलको व्यवस्था गर्न सरकार क्रियाशील
पुष २४, २०८१ बुधबार