थप स्रोत जुटाएर भएपनि चुरेको संरक्षण गरिनेछ : मन्त्री महतो
‘चुरे संरक्षणमा बजेट किन थोरै छुटइयो, थाहा छैन’
नेपालबहस संवाददाता
असार १०, २०८० आइतबार १४:४७:१४
१० असार, काठमाडौं । वन तथा वातावरण मन्त्री वीरेन्द्र प्रसाद महतोले थप स्रोत जुटाएर भएपनि चुरे पहाड संरक्षण गरिने बताएका छन् ।
आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा सांसदहरुले मन्त्रालयमाथिको बजेट र कार्यबारे सोधेका स्पष्टिकरणको जवाफ दिँदै मन्त्री महतोले चुरे संरक्षणका लागि अर्थमन्त्रालयले छुट्याएको बजेट अन्त्यन्त कम रहेको र संरक्षणका लागि थप स्रोत जुटाउने बताए ।
‘चुरे संरक्षणका लागि अर्थले बजेट किन थोरै छुट्यायो ? यो कुरा मलाई थाहा भएन’ उनले भने, तर मेरो मन्त्रालयले थप स्रोत जुटाएर भएपनि चुरेको संरक्षण गरिने कुरा अवगत गराउँदछु ।’ सांसदहरुले सरकारले आउँदो आवको बजेटमा चुरे पहाडको ढुंगा गिट्टी निकालेर विदेशमा बिक्री गर्ने योजना ल्याएको भन्दै आपत्ति जनाउँदै आइरहेका छन् ।
यसअघि देखिनै सरकारले ‘राष्ट्रपति चुरे संरक्षण कार्यँक्रम’ समेत संचालन गरिएको थियो । बजेटमाथि धारणा राख्ने क्रममा सांसदहरुले चुरेको ढुंगा गिट्टी उत्खनन् सुरु गरिए प्रतिवाद गर्ने चेतावनी समेत दिँदै आएका छन् । चुरे पहाड उत्खनन् गर्दा मधेशका भूभाग बगरमा परिणत हुने र खेतीयोग्य जमिन मरुभूमि बन्ने भन्दै विरोध गरेका छन् ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले भुटानले बंगलादेशलाई ढुंगा र माटो बेचेर मनग्य आम्दानी गरिरहेको नजिर पेस गर्दै संसदमा मुलुकको व्यापार घाटा बटाउन पहाडका ढुंगा फोडेर विदेश निर्यात गर्न सकिने तर्क प्रस्तुत गरेका थिए ।
महिला, वन, गृह
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसहकारी ठगी प्रकरण: ६० लाख धरौटी बुझाएर रिहा भए रवि लामिछाने
माघ २, २०८१ बुधबार
सबै प्रदेशमा आपत्कालीन गोदामघर हस्तान्तणको तयारी छ : गृहमन्त्री लेखक
माघ २, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
हरिवन नगरपालिकामा खानेपानी अभावमा काकाकुल छन् ९ सय बढी घर परिवार
माघ २, २०८१ बुधबार
स्वास्थ्य मन्त्रालयले ‘ह्युमन मेटाप्न्यूमो भाइरस’बारे अध्ययन गरिने
माघ २, २०८१ बुधबार
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
माघ २, २०८१ बुधबार
सर्वाेच्चले रिट खारेज गरेसँगै अरुण चौधरीको सांसद पद जोगियो
माघ २, २०८१ बुधबार
सन् २०२४ सर्वाधिक तातो वर्ष पुष्टि
माघ २, २०८१ बुधबार
भूकम्प सुरक्षा दिवसमा सुरक्षाकर्मीद्वारा कृत्रिम अभ्यास
माघ २, २०८१ बुधबार