नगरपालिकाका पूर्वमेयर विष्टसहित १२ जनाविरूद्ध भ्रष्टाचार मुद्दा
पाँच ठेकेदारविरुद्ध पनि मुद्दा दायर, श्रीमानकाे मृत्यु भइसकेकाले श्रीमतीलाई प्रतिवादी बनाइयाे
नेपालबहस संवाददाता
असार १०, २०८० आइतबार १६:१५:५४
१० असार, काठमाडौं । कञ्चनपुरको भीमदत्त नगरपालिकाका पूर्वमेयरसहित १२ जनाविरूद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।
आयोगको केन्द्रीय कार्यालय टंगालले पूर्वमेयर सुरेन्द्रबहादुर विष्ट, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पुष्करप्रसाद भट्ट, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिदत्त जोशी, वडा नं. का वडाध्यक्ष हिमालबहादुर चन्द, प्रशासकीय अधिकृत हरिसिंह धामी, शाखाअधिकृत नरबहादुर शाह, इन्जिनियर हिमालय सिंह ऐर र गोविन्दराज उपाध्यायविरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर भएको प्रवक्ता भोला दाहालले जानकारी दिए ।
निर्माण ठेक्का र ठेक्काको भुक्तानीमा राज्यलाई हानी क्षति पुग्ने गरी रकम हिनामिना गरेर भ्रष्टाचार गरेको अभियोग मुद्दाका प्रतिवादीहरुमाथि लगाइएको छ । प्रतिवादीहरुबाट आर्थिक वर्ष २०७७/०७८ मा झण्डै साढे ५ करोड भन्दा बढी भ्रष्टाचार गरेको दाबी गरिएको छ ।
साथै भवानी कन्स्ट्रक्शन प्रालिका संचालकहरू केशवराज भट्ट, पुष्पराज भट्ट, आधिकारिक प्रतिनिधिहरू दिवाकर भट्ट, इश्वरीप्रसाद भट्टको नजिकको हकदार श्रीमती खगेश्वरी भट्टविरूद्ध मुद्दा दायर भएको हो । इश्वरीप्रसाद भट्टको निधन भइसकेको अवस्थामा खगेश्वरीलाई प्रतिवादी बनाइएको हो ।
मुद्दामा उनीहरूसँग बिगाे, जरिवाना र कैद सजायको मागदाबी गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसूर्यदर्शन सहकारी बचत अपचलन: रवि लामिछानेसहित प्रतिवादीहरूको थुनछेक बहस जारी
पुष २४, २०८१ बुधबार
अदालतको अपहेलनासम्बन्धी मुद्दामा बार अध्यक्ष घिमिरेको विवादित अडिओ झिकाउन आदेश
पुष २३, २०८१ मंगलबार
नवीकरण नभएका सङ्कलित हतियार बुझाइँदै
पुष २४, २०८१ बुधबार
बादलुको घुम्टोभित्र घोराही र देउखुरी
पुष २४, २०८१ बुधबार
दार्चुला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापन जटिल
पुष २४, २०८१ बुधबार
जोशी हाइड्रोपावरको साधारण सभा माघ १५ गतेलाई आह्वान
पुष २४, २०८१ बुधबार
नारायणी डेभलपमेन्ट बैंकको ९४ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
पुष २४, २०८१ बुधबार
देशका सबै नागरिकमा शुद्ध पेयजलको व्यवस्था गर्न सरकार क्रियाशील
पुष २४, २०८१ बुधबार