डीएसपी ठगबहादुरविरुद्ध भ्रष्टाचारकाे मुद्दा दायर गरिँदै
नेपालबहस संवाददाता
असार १०, २०८० आइतबार १७:३७:०
१० असार, काठमाडौं । तस्करबाट बरामद भएको ३५ तोला सुनसहित पक्राउ परेका रुपन्देहीको बुटवल इलाका प्रहरी कार्यालयका तत्कालीन प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) ठग बहादुर केसीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्ने तयारी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको छ ।
गत पुस ११ गते ३५ तोला सुन र सुन फिर्ताका घुस रकम दिएको चेकसहित सीआईबीको टोलीले पक्राउ गरेको थियो । बर्दीको आडमा तस्करबाट बरामद ३५ तोला सुन लुकाइएको आरोप लगाइएको छ । पक्राउ परेदेखि नै उनी निलम्बनमा छन् ।
उनीमाथि छानबिन गर्न तत्कालीन एसएसपी चन्द्रकुवेर खापुङको नेतृत्वमा गठित समितिले केसीलाई फौजदारी कसुरमा मुद्दा चलाउन सिफारिस गरेको थियो ।
केसीको सम्पत्तिहरुको विवरण, बैंकिङ स्टेटमेन्टलगायत सबै विवरण अख्तियारले अनुसन्धान गरिसकेको छ । सो क्रममा भ्रष्टाचारजन्य काम गरेको पुष्टि हुने आधारहरू भेटिएको जनाउँदै मुद्दा दर्ताको तयारी गरिएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो छ आजको तरकारी र फलफूलको मूल्य
माघ १०, २०८१ बिहिबार
आन्तरिक स्रोत साधन परिचालन गरी ४५ किलोमिटर सडक स्तरोन्नति हुँदै
माघ १०, २०८१ बिहिबार
गेग्य्रान बगर बन्यो ‘सुन फल्ने’ जमिन
माघ १०, २०८१ बिहिबार
भारतमा रेलमा आगलागीको अफवाह पछि भागदौड हुँदा ४ नेपालीसहित १३ जनाको मृत्यु
माघ १०, २०८१ बिहिबार
सुप्रिम सहकारी ठगी प्रकरणः रावि लामिछानेमाथि आजदेखि थुनछेक बहस
माघ १०, २०८१ बिहिबार
सूर्यविनायक–धुलिखेल सडकः दैनिक ५ घण्टा बन्द गरी निर्माण गर्ने तयारी
माघ १०, २०८१ बिहिबार