‘फाइज जी’को परीक्षण जारी छ : मन्त्री शर्मा
सूचना प्रविधि विषयमा स्नातकोत्तरमा छात्रवृद्धिको व्यवस्था
नेपालबहस संवाददाता
असार १०, २०८० आइतबार १८:४५:२६
१० असार, काटमाडौं । सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधिमन्त्री रेखाकुमारी शर्माले फोन सेवामा ‘फाइभ जी’को परीक्षण भइरहेको बताएकी छन् । आर्थिक वर्ष २०८०/८१ का लागि सरकारले संचार मन्त्रालयलाई छुट्याएको बजेटमाथि सांसहरुले उठाएका प्रश्नको जवाफ दिँदै आइतबार प्रतिनिधिसभाको बैठकमा मन्त्री शर्माले मुलुकभर ‘फोर जी’ पुगिनसकेको र यसलाई आगामी आवमा पूरा गर्ने बताइन् ।
यस्तै उनले नेपाल टेलिकमलाई ‘फाइभ जी’ संचालनका लागि अनुमति दिइसकेको र टेलिकमले हाल ‘फाइभ जी’को परीक्षण गर्ने काम गरिरहेको जानकारी दिइन् । टेलिकमले केही महिना सुरु गरेको फाइभ जीको परीक्षण सफल हुन नसकेपछि रोकिएको अवस्था छ ।
सोही क्रममा उनले पत्रपत्रिकालाई दिँदै आइरहेको कल्याणकारी कोषको रकमका सम्बन्धमा के गर्ने भन्नेबारे छलफल भइरहेको बताए । साथै विज्ञापन नियमावली संशोधनका क्रममा र भूउपग्रह स्थापना र संचालनका लागि संस्थाग व्यवस्था गरिने बताइन् ।
रेडियो, टेलिभिजन र वककीट्वाकी फ्रिक्वेन्सी वितरण जारी राख्ने बताइन् । उसले सरकारी कार्यालयहरुको वेभसाइटमा एकतारुपता ल्याएको र सरकारी वेभसाइटमा हुन सक्ने ह्याकलाई नियन्त्रण गर्न वेभ मोनिटरिङ सुरुवात गरिएको बताइन् । राष्ट्रिय साइबर नीति काम भइरहेको र सरकारी डाटा सेन्टरको स्तरोन्नतिको काम जानकारी दिइन् ।
सूचना प्रविधि विषयमा अध्ययन गर्न चाहने विद्यार्थीलाई स्नातकोत्तरमा छात्रवृद्धिको व्यवस्था गरिएको बताइन् ।साथै, अवकाशमा जाने हुलाकका कर्मचारीलाई ससम्मान बिदाईका लागि योगदानको कदरस्वरुप उचित आर्थिक प्याकेज दिइने बताइन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपओलीको राजनीतिक प्रतिवेदनः अर्थतन्त्रले अपेक्षित गति लिन नसकेको स्वीकार
पुष २१, २०८१ आइतबार
सरकारको स्थायित्वका लागि एमाले र कांग्रेसबीच सत्ता सहकार्यः उपप्रधानमन्त्री सिंह
पुष २१, २०८१ आइतबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
पुष २०, २०८१ शनिबार
सूर्यदर्शन सहकारी ठगीः रवि लामिछानेसहित सात प्रतिवादीहरूको थुनछेक बहस जारी
पुष २१, २०८१ आइतबार
ओलीको राजनीतिक प्रतिवेदनः अर्थतन्त्रले अपेक्षित गति लिन नसकेको स्वीकार
पुष २१, २०८१ आइतबार
खुम्बु क्षेत्रमा स्थानीयले हेलिप्याडमा झण्डा गाडेपछि रोकियो हेलिकप्टर उडान
पुष २१, २०८१ आइतबार
पर्वतमा आगलागीमा परी ७२ वर्षीया वृद्धाको मृत्यु
पुष २१, २०८१ आइतबार
गाउँपालिका उपाध्यक्षले तोडफोड गरिन् सरकारी गाडी
पुष २१, २०८१ आइतबार
सरकारको स्थायित्वका लागि एमाले र कांग्रेसबीच सत्ता सहकार्यः उपप्रधानमन्त्री सिंह
पुष २१, २०८१ आइतबार