सुनको जलहरी जोख्न पशुपति परिसरमा सुरक्षा व्यवस्था कडा [ Live ]
नेपालबहस संवाददाता
असार १०, २०८० आइतबार १९:१९:५५
१० असार, काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालबाट गएको अनुसन्धान अधिकृतको टोलीले पशुपतिनाथ मन्दिरमा चढाइएको सुनको जलहरी जोख्ने तयारी गरेको छ ।
आइतबार दिउँसो पशुपति पुगेको अख्तियारको टोलीले पशुपति विकास कोषका पदाधिकारीसँग छलफल गरेपछि सुन जोख्ने तयारी गरेको हो । सुन जोख्न सिसिटिभी र बत्ती जडानको काम पनि भइरहेको छ ।
सुनको जलहरी जोख्न अख्तियारको टोलीसँगै गुणस्तर तथा नापतौल विभाग, खानी तथा भुगर्भ विभाग, सुनचाँदी व्यवसाय महासंघका प्रतिनिधि समेत त्यहाँ पुगेका छन् । पशुपति परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
पशुपतिनाथ मन्दिरमा दर्शनार्थीलाई रोकेर सुरक्षा घेराभित्र जलहरीको नापजाँच गरिएको छ । मन्दिर परिसरलाई नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरीको घेरामा राखी अख्तियार दुरुपयोग अनुसन्धान अयोगको टोलीले जलहरीको नापजाँच गरिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाललाई हिन्दू अधिराज्य बनाउने विषयमा दिल्लीमा बहस
पुष १६, २०८१ मंगलबार
मौन स्नान गरी मनाइयो सोमबारे औँशी
पुष १५, २०८१ सोमबार
लिम्बू समुदायले चासोक तङनाम पर्व मनाउँदै
मंसिर ३०, २०८१ आइतबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
माओवादी केन्द्रीय समिति बैठक आज पनि जारी रहने
पुष २३, २०८१ मंगलबार
नेकपा एमालेको केन्द्रीय समिति बैठक आज पनि बस्दै
पुष २३, २०८१ मंगलबार
पूर्वराष्ट्रपति र उपराष्ट्रपति सक्रिय राजनीतिमा आउनु सुखद होइनः बाबुराम भट्टराइ
पुष २३, २०८१ मंगलबार
भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह
पुष २३, २०८१ मंगलबार
कति छ आज तरकारी र फलफूलको मूल्य ?
पुष २३, २०८१ मंगलबार
तराईका केही स्थानमा कुहिरो, हिमाली क्षेत्रमा हिमपातको सम्भावना
पुष २३, २०८१ मंगलबार