प्रभासले रोकेका थिए आदिपुरुष दुई भागमा बनाउने निर्देशकको योजना
नेपालबहस संवाददाता
असार ११, २०८० सोमबार १०:४५:३६
११ असार, मुम्बई । फिल्म ‘तानाजी’ जस्ता सफल फिल्मका निर्देशक ओम राउतले जब ‘आदिपुरुष’को घोषणा गरे, त्यही बेलादेखि दर्शकमा एक किसिमको कौतुहलता थियो ।
तर फिल्म जब रिलिज भयो, त्यो कौतुहलतामा तुषारो नै लाग्यो । फिल्मले भारतमा मात्र होइन, विदेशमा पनि कडा आलोचनाको सामना गर्नुपर्यो । रिलिजको १० दिनपछि फिल्ममा रहेको विवादित संवाद हटाउँदा पनि विरोधको क्रम रोकिएको छैन ।
यो फिल्मलाई निर्देशक राउत दुई भागमा बनाउन चाहन्थे । फिल्ममा प्रभासको प्रमुख भूमिका रहेकाले प्रभाषले नै अभिनय गरेको ब्लकबस्टर फिल्म ‘बाहुबली’जस्तै ‘आदिपुरुष’लाई पनि दुई सिरिजमा बनाउन चाहन्थे । तर त्यो काममा प्रभासले नै अवरोध गरे ।
फिल्मको लम्बाई ३ घण्टा २० मिनेटको भएकाले पनि ओमले फिल्मलाई दुई भागमा निर्माण गर्न चाहेका थिए । लामो समयावधिको फिल्म हेरिरहँदा दर्शकलाई दिक्क लाग्ने उनको बुझाई थियो । त्यहीकारण उनी फिल्मको सुटिङ अझ एक महिना लम्ब्याउन चाहन्थे ।
यद्यपि प्रभासले ओम र फिल्मको टिमलाई फिल्मलाई दुई भागमा निर्माण गर्नु फिल्मका लागि सही नहुने दृष्टिकोण राखेका थिए । प्रभासको सुझाव पछि निर्माण पक्षले दुई भागको ‘आदिपुरुष’ बनाउने योजना रोकिएको थियो ।
६ सय करोडको लागतमा बनेको यो फिल्मले विरोधका बाबजुद बक्स अफिसमा तीन दिनमा ३ सय ४० करोड व्यापार गरेको थियो । तर सामाजिक सञ्जालमा फिल्मबारे गरिएको नकारात्मक प्रतिक्रियाले यसको व्यापारमा गिरावट आइरहेको छ । निर्माताले फिल्मको टिकट मूल्य घटाएर भए पनि लगानी उठाउने ध्याउन्नमा लागिपरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरामचरणको गेम चेञ्जरलाई टक्कर दिँदै अघि बढ्यो बालकृष्णको ‘डाकु महाराज’
माघ २, २०८१ बुधबार
‘गली ब्वाईको सिक्वेलमा रणवीर र आलिया नहुने, बिक्की र अनन्या पाण्डे देखिने
माघ २, २०८१ बुधबार
खलनायकले ओठमा चुम्बन गरेपछि...
माघ २, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
यस वर्षको एसइई परीक्षा आगामी चैत ७ गतेदेखि सञ्चालन हुने
माघ २, २०८१ बुधबार
क्यान्सरविरुद्धको एचपिभी सबै खोप नेपाल ल्याइयो
माघ २, २०८१ बुधबार
हरिवन नगरपालिकामा खानेपानी अभावमा काकाकुल छन् ९ सय बढी घर परिवार
माघ २, २०८१ बुधबार
स्वास्थ्य मन्त्रालयले ‘ह्युमन मेटाप्न्यूमो भाइरस’बारे अध्ययन गरिने
माघ २, २०८१ बुधबार
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
माघ २, २०८१ बुधबार
सर्वाेच्चले रिट खारेज गरेसँगै अरुण चौधरीको सांसद पद जोगियो
माघ २, २०८१ बुधबार