रुसी आक्रमणमा १३ को ज्यान गयो, ३० जना घाइते
नेपालबहस संवाददाता
असार ११, २०८० सोमबार ११:१७:२५
११ असार, एजेन्सी । आइतबार उत्तरपश्चिम सिरियामा रुसले गरेको हवाई आक्रमणमा परी दुई बालबालिकासहित १३ जनाको मृत्यु भएको छ ।
सो घटनामा परी ३० जना घाइते भएका छन्, जसको स्थानिय अस्पतालमा उपचार भइरहेको छ । रुसले विद्रोही समूहको कब्जामा रहेका क्षेत्रहरूमा आक्रमण गरेको थियो, जुन धेरै ब्यस्त र ठुलो बजार थियो।
बेलायतमा रहेको सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सका प्रमुख रामी अब्देल रहमानले आइतवारको आक्रमण सिरियामा यस वर्षको सबैभन्दा घातक भएको बताएका छन् । गत हप्ता विद्रोहीहरूले रसियामा ड्रोनबाट आक्रमण गरेका थिए, जसको रुसले सिरिया माथी आक्रामण गरेर प्रतिक्रिया दिएको हो। तर, रुसले सिरियाली राष्ट्रपति बसर असादको शासनलाई समर्थन गर्दै आएको छ ।
आक्रमणका क्रममा घटनास्थलमा रहेका साद फातु '३५' पेसाले मजदुर हुन्, उनले आफु बजारमा रहेको बेला उक्त आक्रामण भएको बताए । कारबाट टमाटर र काँक्रो उतार्दै गर्दा उनीमाथि आक्रमण भएको थियो । ‘एक्कासी मेरो अगाडी एउटा चिच्याहट आयो । चारैतिर रगत र चित्कार मात्रै थियो । घाइतेहरुलाई सहयोग गरेको छु । घटनाको बारेमा सोच्दा अनौठो लाग्छ, यो निकै डरलाग्दो दृश्य थियो। रुसले हामीमाथि आक्रमण गरेको छ,’ उनले भने ।
सोही क्रममा अर्का एक व्यक्तिले कालो धुवाँको बादल मात्रै देखेको बताए । त्यसपछि सहरभरी एम्बुलेन्स र एम्बुलेन्सको साइरनको आवाज मात्रै बजिरहेको थियो । अब्देल रहमानले रुसले उत्तरपश्चिम सिरियाका दुई फरक क्षेत्रमा आक्रमण गरेको बताए । पहिलो आक्रमण जिसर अल शुगर सहरमा गरिएको थियो, जसमा छ जना सर्वसाधारण र तीन विद्रोही मारिएका थिए।
जबकि, दोस्रो आक्रमण इदलिब शहरको बाहिरी भागमा भएको थियो। इदलिबमा दुई बालबालिका र एक विद्रोहीसहित तीन सर्वसाधारणको मृत्यु भएको जनाईएको छ । सबै विद्रोही तुर्किस्तान इस्लामिक पार्टीका लडाकु थिए। आक्रमणमा परी करिब ३० जना घाइते भएका छन्, जसको हाल स्थानिय अस्पतालमा उपचार भइरहेको छ । मृतकको संख्या बढ्न सक्ने आशंका गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमलेसियाको जेलमा रहेका पूर्व नेता नजिबले बाँकी सजाय घरमा नै बिताउन पाउने
पुष २२, २०८१ सोमबार
बंगलादेशमा हसिना कालका पुर्व प्रहरी महानिरीक्षक पक्राउ
पुष २२, २०८१ सोमबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
१० प्रतिशत निशुल्क सेवा दिन निजी अस्पताललाई स्वाथ्यमन्त्री पौडेलको आग्रह
पुष २२, २०८१ सोमबार
वन्यजन्तुको आक्रमणबाट ८३ जनाको मृत्यु, सर्पदंशबाट ज्यान गुमाउने ७० जना
पुष २२, २०८१ सोमबार
राहदानी विभागको टेण्डरमा आवेदक कम्पनीको प्रश्नै प्रश्न
पुष २२, २०८१ सोमबार
नेपाल टेलिकमलाई सर्वोच्चको आदेशः व्यक्तिको सूचनामा अनधिकृत पहुँच नदिनु
पुष २२, २०८१ सोमबार
जेल चलान भए विर्तामोडका पूर्वनगरप्रमुख शिवाकोटी
पुष २२, २०८१ सोमबार