जलहरी प्रकरण छानबिनका लागि संसदीय समिति गठनकाे माग
नेपालबहस संवाददाता
असार ११, २०८० सोमबार १२:२७:५७
११ असार, काठमाडौं । सांसदहरुले पशुपतिनाथ मन्दिरको ज्योतिर्लिङको गर्भमा राखिएको १०८ केजी सुनको जलहरीमा भएको भनिएको करोडौं रुपैयाँको भ्रष्टाचार छानबिनका लागि संसदीय समिति गठन गर्र्नुपर्ने माग गरेका छन् ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सांसद प्रदीप पौडेलले जलहरी भ्रष्टाचार प्रकरणमा सत्यतथ्य पत्ता लगाउन संसदले छानबिन समिति गठन माग गरे । भ्रष्टाचार भएको भन्दै उजुरी परेको २ वर्षपछि मात्र बल्ल आइतबार जलहरीको तौल र गुणस्तर जाँच गरेको र यसमा विश्वस्त हुन सक्ने आधार कमजोर रहेको बताए । छानबिनमा भएको ढिलासुस्तीले निष्पक्ष्ँ छानबिनमा प्रश्न उठ्ने भन्दै तत्काल संसदीय समिति गर्न माग गरे ।
अख्तियारले छानबिन गरिरहेको विषयमा सांसदहरुले कुरा उठाउँदा उक्त कुरालाई संसदको रेकर्डबाट हटाउने काम सही नभएको भन्दै अहिले अख्तियार जलहरी झिकेर तौल लिएबाट पनि रेकर्ड हटाउनु गलत भएको पुष्टि गरेको उनको भनाइ थियो ।
अर्का सांसद देवेन्द्र पौडेलले जलहरी प्रकरण निष्पक्ष हुनुपर्ने बताउँदै अख्तियारले सुरु गरेको कामको प्रसंशा गरे । साथै उनले सुन जोख्ने र जाँचमा संसदको प्रतिनिधि हुनुपर्ने बताए । अख्तियारले आफ्नो जिम्मेवारी पूरा गर्न लागिपरे पनि संसदबाट प्रतिनिधि हुन अनिवार्य हुने बताए । ‘कति सुन हराएको हो, कति सुन बाँकी ? त्यो कहाँ छ ? सत्यतथ्य सदनले थाहा पाउनुपर्छ’ उनले भने, ‘जलहरीबारे तत्काल सदनमा जानकारी गराउन माग गदैछु’ सांसद पौडेलले भने ।
तत्कालीन एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा सरकारबाट ३० करोड पशुपति क्षेत्र विकास कोषबाट ५० करोड गरी ८० करोड रुपैयाँमा १०८ केजी सुनको जलहरी राखेको थियो । जलहरी बनाउने र राख्ने काम कोषले गरेको थियो ।
तर जलहरी राख्दा १० केजी सुन कम राखिएको र पित्तल मिसाएर करोडौं रुपैयाँ भ्रष्टाचार गरेको भन्दै दुई वर्षपहिल्यै अख्तियारमा उजुरी परेको थियो । सुनको तौल कम रहेको विवरण महालेखा परीक्षकको कार्यालयसमेत १० केजी सुन कम रहेको जनाएपछि संसदमा सांसदहरुले छानबिन गर्न माग गर्दै आइरहेका छन् । अख्तियारले आइतबार मात्र जलहरी निकालेर तौल लिने र गुणस्तर परीक्षण गरेको छ । विवरण भने सार्वजनिक गरेको छैन । आज बसेको संसद बैठकमा सांसदहरुले जानकारी माग गरेका हुन् । अख्तियारले भने विवरण आउन ३ दिन लाग्ने जनाएको छ । यसकारण पनि सांसदहरुले यथार्थ विवरण आउने शंका गर्न थालेका छन् ।
जलहरी प्रकरणबारे यसअघि संसद बैठकमा सांसद लेखनाथ दाहालले कुरा उठाउँदा ओली र प्रधानमन्त्री प्रचण्डबीच भएको छलफलपछि सभामुख देवराज घिमिरेको निर्देशनमा दाहालको भनाई रेकर्डबाट हटाइएको थियो । त्यसपछि प्रकरणमाथि छानबिनको माग घनिभूत बन्दै गएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज उत्तरायणको पहिलो दिन : मनाइयो माघेसङ्क्रान्ति
माघ १, २०८१ मंगलबार
धनुषाधाममा एकमहिने मकर मेला सुरु
माघ १, २०८१ मंगलबार
देशभरका त्रिवेणीधाम र धार्मिकस्थलमा मकर स्नान गर्नेको घुइँचो
माघ १, २०८१ मंगलबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
यस वर्षको एसइई परीक्षा आगामी चैत ७ गतेदेखि सञ्चालन हुने
माघ २, २०८१ बुधबार
क्यान्सरविरुद्धको एचपिभी सबै खोप नेपाल ल्याइयो
माघ २, २०८१ बुधबार
हरिवन नगरपालिकामा खानेपानी अभावमा काकाकुल छन् ९ सय बढी घर परिवार
माघ २, २०८१ बुधबार
स्वास्थ्य मन्त्रालयले ‘ह्युमन मेटाप्न्यूमो भाइरस’बारे अध्ययन गरिने
माघ २, २०८१ बुधबार
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
माघ २, २०८१ बुधबार
सर्वाेच्चले रिट खारेज गरेसँगै अरुण चौधरीको सांसद पद जोगियो
माघ २, २०८१ बुधबार