रिपब्लिक मिडियाको आइपीओ बाँडफाँट
नेपालबहस संवाददाता
असार ११, २०८० सोमबार १३:१५:१०
११ असार, काठमाडौं । नेपाल रिपब्लिक मिडियाको आईपीओ सोमबारबाँडफाँट भएको छ । यसमा ३ लाख ६१ हजार ९८९ जना सर्वसाधारण आवेदकले गोलाप्रथामार्फत १० कित्ताका दरले शेयर हात पारेका छन् । यस्तै, यी मध्ये १ जनाले थप १ कित्ता अर्थात् ११ कित्ता शेयर हात पार्न पारेका छन् ।
यो आईपीओका लागि कुल १२ लाख ९९ हजार ७२७ जना आवेदकले आवेदन दिएकामा ७१ हजार १९८ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक मेगा क्याटिलले जानकारी गराएको छ । बाँडफाँट कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित भएका उपप्रधान तथा गृह मन्त्री नारायणराजी श्रेष्ठले गोलाप्रथा गर्ने बल तानेका थिए ।
कम्पनीले जेठ २६ गतेदेखि ३० गतेसम्म प्रतिकित्ता १०० रुपैयाँको दरले कुल ३६ लाख १९ हजार ८९१ कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको थियो । कम्पनीको जारी पुँजी ९६ करोड ७५ लाख रुपैयाँ रहेको छ । जसको ४४.९९२२५ अर्थात् ४३ करोड ५३ लाख रुपैयाँको ४३ लाख ५३ हजार कित्ता सेयरमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि ४ लाख ३५ हजार ३ सय कित्ता सेयर बिक्री गरेको थियो ।
यस्तै, ५ प्रतिशतले हुने २ लाख १७ हजार ६५० कित्ता सेयर सामूहिक लगानी कोष र ४ प्रतिशतले हुने १ लाख ७४ हजार १२० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो । कर्मचारीले ९३ हजार ९६१ कित्ताका लागि आवेदन नदिएका कारण उक्त सेयर पनि थप गरी सर्वसाधारणलाई बिक्री खुला गरिएको थियो ।
लगानीकर्ताले बिक्री प्रबन्धकको वेबसाइट र मेरोसेयर एकाउन्टबाट एफपीओको नतिजा हेर्न सक्नेछन् । साथै, नेपाल रिपब्लिक मिडियाको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङले एफपीओ रिजल्ट हेर्न बनाएको वेबसाइटबाट पनि रिजल्ट हेर्न सकिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
यस वर्षको एसइई परीक्षा आगामी चैत ७ गतेदेखि सञ्चालन हुने
माघ २, २०८१ बुधबार
क्यान्सरविरुद्धको एचपिभी सबै खोप नेपाल ल्याइयो
माघ २, २०८१ बुधबार
हरिवन नगरपालिकामा खानेपानी अभावमा काकाकुल छन् ९ सय बढी घर परिवार
माघ २, २०८१ बुधबार
स्वास्थ्य मन्त्रालयले ‘ह्युमन मेटाप्न्यूमो भाइरस’बारे अध्ययन गरिने
माघ २, २०८१ बुधबार
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
माघ २, २०८१ बुधबार
सर्वाेच्चले रिट खारेज गरेसँगै अरुण चौधरीको सांसद पद जोगियो
माघ २, २०८१ बुधबार