शान्ति सुरक्षालाई ध्यानमा राखेरै सेनालाई निर्माणमा लगाइएको छ : रक्षामन्त्री
नेपालबहस संवाददाता
असार ११, २०८० सोमबार १३:१८:२४
११ असार, काठमाडौं । उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खडकाले नेपाली सेनालाई मुलुकको शान्ति सुरक्षालाई कायमै राखेर सेनालाई निर्माणका काममा खटाइएको बताएका छन् । मन्त्रालयको विनियोजन विधेयकमाथि छलफलमा सांसदहरुले सेना परिचालन र संख्याबारे उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री खडकाले सेनालाई शान्ति सुरक्षाको अवस्थालाई विश्लेषण र भरपर्दो बनाएरै निर्माण ठेक्कामा लगाइएको बताए ।
काठमाडौं–तराई फाष्ट ट्रयाक (द्रूत मार्ग)को निर्माणको ठेक्का नेपाली सेनालाई दिइएको छ । त्यसमा सेना निश्चित संख्या परिचालित छन् । छिमेकी मुलुकले देशको सीमा मिचेर अतिक्रमण गरिरहेको बेला सेनालाई सीमा सुरक्षामा नखटाई ठेक्कामा किन लगाएको ? भन्ने सांसदहरुको प्रश्नमा मन्त्री खडकाले नेपाली सेनाको विद्यमान कानून र नियमको परिधिभित्रै रहेर ठेक्काको काममा लागेको बताए ।
यसअघिका बैठकमा सांसद पूर्णबहादुर तामाङले नेपाली सेनालाई ठेक्का पट्टामा लगाउनु गलत रहेको बताएका थिए । उनले सेनाले ६ अर्ब रुपैयाँमा आफ्नो हेडक्वाटर जंगी अड्डा टेण्डरबिना बनाएको भन्दै आलोचना गरेका थिए । उनले टेण्डरमा बनाउन दिए करोडौं रुपैयाँ लागत कम पर्ने थियाे भन्ने उनको तर्क थियो ।
जवाफ दिने क्रममा मन्त्री खण्डकाले नेपाली सेनाको तलब र भत्ता कम भएपनि आउने आर्थिक वर्षमा वृद्धि नगर्ने योजना सरकारको रहेको बताए । साथै सेनालाई शान्ति मिसनमा खटाउने संख्या वार्षिक १० हजार पुर्याउने योजना सरकारले लिएको बताए । यसबारे संयुक्त राष्ट्र संघका प्रतिनिधिसँग छलफल गरिने बताए । हाल वार्षिक ६ हजार सेना शान्ति मिसनमा जाने गरेका छन् ।
सेनाको संख्या घटनाउनुपर्ने भनी सांसदहरुले उठाएको प्रश्नमा संख्या हेरफेर गर्ने अवस्था अहिले नरहेको र रासनमा सुधार गरेर जाने पक्षमा सरकार रहेको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’ सम्पन्न
पुष २९, २०८१ सोमबार
नेपाल भारतबीचको संयुक्त सैनिक अभ्यास सम्पन्न
पुष २९, २०८१ सोमबार
नेपाली सेनाले मनायो ३०३ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस ( फोटो फिचर )
पुष २७, २०८१ शनिबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
यस वर्षको एसइई परीक्षा आगामी चैत ७ गतेदेखि सञ्चालन हुने
माघ २, २०८१ बुधबार
क्यान्सरविरुद्धको एचपिभी सबै खोप नेपाल ल्याइयो
माघ २, २०८१ बुधबार
हरिवन नगरपालिकामा खानेपानी अभावमा काकाकुल छन् ९ सय बढी घर परिवार
माघ २, २०८१ बुधबार
स्वास्थ्य मन्त्रालयले ‘ह्युमन मेटाप्न्यूमो भाइरस’बारे अध्ययन गरिने
माघ २, २०८१ बुधबार
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
माघ २, २०८१ बुधबार
सर्वाेच्चले रिट खारेज गरेसँगै अरुण चौधरीको सांसद पद जोगियो
माघ २, २०८१ बुधबार