बजेट असन्तुलित भएको भन्दै पर्यटनमन्त्री किरातीले मागे संसदमा माफी
नेपालबहस संवाददाता
असार ११, २०८० सोमबार १४:८:१४
११ असार, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्री सुदन किरातीले आफ्नो मन्त्रालयका लागि आगामी आर्थिक वर्ष २०८०/८१ का लागि अर्थमन्त्रालयले छुट्याएको बजेट असन्तुलन रहेको स्वीकार्दै माफी मागेका छन् ।
उनले आफूले सक्दो प्रयास गर्दागर्दै हरेक जिल्लामा बजेट पुर्याउने योजना पुरा गर्न नसकेको र यसैकारण सांसदहरुले दुःख व्यक्त गर्दै मन्त्रीको विरोध गरबाट आफू ‘महादुःखी भएको बताए ।
भोजपुरबाट निर्वाचित किरातीमाथि मन्त्रालयको बजेट गृहजिल्लामा अन्याएको भन्दै मन्त्रालयको विनियोजित बजेट शीर्षकमाथिको छलफलमा सांसदहरुले आलोचना गरेका थिए । उनले आजको प्रतिनिधिसभाको बैठकमा प्रश्नको जवाफ दिने क्रममा अर्थ मन्त्रालयबाटै पर्यटन मन्त्रालयअन्तर्गत क्रमागत बजेट समेत कटाएको जानकारी दिए ।
बजेट असन्तुलित हुन जानुमा आफ्नो कुनै दोष नरहेको तर विभागीय मन्त्रीको हैसियतले आफूले सदनमा माफी मागेको स्पष्ट पारे । साथै छुट्याइनुपर्ने स्थानमा बजेट पार्न नसक्दा आफूलाई आत्मग्लानी महसुस भएको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप२०२४ मा १० हजार पर्यटकले गरे मनास्लु क्षेत्रको भ्रमण
पुष २४, २०८१ बुधबार
पर्यटकीयस्थल घोडेपानीमा हिमपात, जनजीवन प्रभावित
पुष २३, २०८१ मंगलबार
तालतलैयामा आगन्तुक चराको चहलपहल, जलपन्छी गणना सुरु
पुष २२, २०८१ सोमबार
नवीकरण नभएका सङ्कलित हतियार बुझाइँदै
पुष २४, २०८१ बुधबार
बादलुको घुम्टोभित्र घोराही र देउखुरी
पुष २४, २०८१ बुधबार
दार्चुला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापन जटिल
पुष २४, २०८१ बुधबार
जोशी हाइड्रोपावरको साधारण सभा माघ १५ गतेलाई आह्वान
पुष २४, २०८१ बुधबार
नारायणी डेभलपमेन्ट बैंकको ९४ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
पुष २४, २०८१ बुधबार