बालेनविरुद्धको अवहेलनासम्बन्धी निवेदनको सुनुवाइ आज पनि हेर्न नभ्याइनेमा
नेपालबहस संवाददाता
असार ११, २०८० सोमबार १५:७:३२
११ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह 'बालेन'विरुद्धको अदालतको अवहेलनासम्बन्धी निवेदनको सुनुवाइ सोमबार पनि हेर्न नभ्याइनेमा परेको छ ।
सर्वोच्च अदालतका न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासमा परेको सुनुवाइ हेर्न नभ्याइनेमा परेको हो । यसअघि आइतबार न्यायाधीश ढुंगानाकै इजलासमा परेको सुनुवाइ समयाभावका कारण हेर्न नभ्याइनेमा परेको थियो ।
अधिवक्ता वर्षाकुमारी झाले अदालतको अवहेलना हुनेगरी बालेनले अभिव्यक्ति दिएको दाबी गर्दै उनीविरुद्ध अवहेलनाको मुद्दा चलाउनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा निवेदन दिएकी हुन् । उक्त निवेदनमाथिको आइतबार र सोमबाद दुवै दिनको सुनवाइ हेर्न नभ्याइनेमा परेको हो ।
हिन्दी फिल्मको विषयलाई लिएर पाटन उच्च अदालतके आदेशका सम्बन्धमा काठमाडौं महानगरका प्रमुख शाहले दिएको अभिव्यक्तिले अदालतको अवहेलना भएको अधिवक्ता झाको दाबी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो छ आजको तरकारी र फलफूलको मूल्य
माघ १०, २०८१ बिहिबार
आन्तरिक स्रोत साधन परिचालन गरी ४५ किलोमिटर सडक स्तरोन्नति हुँदै
माघ १०, २०८१ बिहिबार
गेग्य्रान बगर बन्यो ‘सुन फल्ने’ जमिन
माघ १०, २०८१ बिहिबार
भारतमा रेलमा आगलागीको अफवाह पछि भागदौड हुँदा ४ नेपालीसहित १३ जनाको मृत्यु
माघ १०, २०८१ बिहिबार
सुप्रिम सहकारी ठगी प्रकरणः रावि लामिछानेमाथि आजदेखि थुनछेक बहस
माघ १०, २०८१ बिहिबार
सूर्यविनायक–धुलिखेल सडकः दैनिक ५ घण्टा बन्द गरी निर्माण गर्ने तयारी
माघ १०, २०८१ बिहिबार