प्रधानन्यायाधीश कार्कीको मातहतमा बस्न असहज हुने भन्दै न्यायाधीश भट्टराईले दिए राजीनामा
नेपालबहस संवाददाता
असार ११, २०८० सोमबार १५:४६:६
११ असार, काठमाडौं । जिल्ला अदालत काठमाडौंका न्यायाधीश डा. श्रीकृष्ण भट्टराईले नैतिकताका कारण देखाउँदै पदबाट राजीनामा दिएका छन् ।
आफैंले कानुनी र नैतिक रुपमा प्रश्न उठाएको व्यक्ति प्रधानन्यायाधीश भएको भन्दै उनले प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको मातहतमा बस्न असहज हुने भन्दै सोमबार राजीनामा दिएका हुन् ।
कार्की प्रधानन्यायाधीश नियुक्तिका लागि संवैधानिक परिषदबाट सिफारिस हुँदा भट्टराईले संसदीय सुनुवाइ समितिमा सिफारिस प्रक्रिया र कार्कीको योग्यतामा उजुरी दिएका थिए । सुनुवाइपछि समितिले कार्कीलाई प्रन्यामा नियुक्त गर्ने निर्णय गरेपछि उनी हालै मात्र प्रन्या नियुक्त भएका हुन् ।
भट्टराईले संसदीय सुनुवाइ समितिले विवेक प्रयोग गर्न नसकेको उनको आरोप लगाउँदै आएका छन् । मुख्यगरी उनले सुनुवाइ समितिको नियमावली संसदबाट पारित भएपनि नेपाल राजपत्रमा प्रकाशन नभएका कारण समितिले लिने निर्णय अवैध रहेको दाबी उनको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआन्तरिक स्रोत साधन परिचालन गरी ४५ किलोमिटर सडक स्तरोन्नति हुँदै
माघ १०, २०८१ बिहिबार
गेग्य्रान बगर बन्यो ‘सुन फल्ने’ जमिन
माघ १०, २०८१ बिहिबार
भारतमा रेलमा आगलागीको अफवाह पछि भागदौड हुँदा ४ नेपालीसहित १३ जनाको मृत्यु
माघ १०, २०८१ बिहिबार
सुप्रिम सहकारी ठगी प्रकरणः रावि लामिछानेमाथि आजदेखि थुनछेक बहस
माघ १०, २०८१ बिहिबार
सूर्यविनायक–धुलिखेल सडकः दैनिक ५ घण्टा बन्द गरी निर्माण गर्ने तयारी
माघ १०, २०८१ बिहिबार
अमेरिकी डलरको मूल्य घट्यो, अन्य मुद्रा कतिमा हुँदैछ कारोबार ?
माघ १०, २०८१ बिहिबार