विभिन्न स्थानबाट लागुऔषधसहित आठ जना पक्राउ
नेपालबहस संवाददाता
असार ११, २०८० सोमबार १६:२६:३
११ असार, काठमाडौं । देशका विभिन्न स्थानबाट लागुऔषधसहित आठ जना पक्राउ परेका छन् । कैलालीको धनगढी उपमहानगरपालिका-१ स्थित जिल्ला कारागार कैलालीमा कैद भुक्तान गरिरहेको छोरो भेट्न आएकी सोही उपमहानगरपलिका-३ मिलन चोक बस्ने ५० वर्षीया कमला देवी अवस्थीलाई अवैध लागूऔषध ब्राउनसुगर ५ ग्राम ४० मिलिग्रामसहित प्रहरीले पक्राउ गरेको छ । २१ वर्षीय ओम प्रकाश अवस्थीलाई भेट्न आएकी उनलाई जाँच गर्ने क्रममा बिस्कुटभित्र लुकाई छिपाई ल्याएको अवस्थामा उक्त लागूऔषधसहित फेला पारी प्रहरीले पक्राउ गरेको हो ।
कैलालीकै धनगढी उपमहानगरपालिका-१२ जुगेडा ‘ए’ गाउँस्थित दुर्गेश्वरी मासु पसलबाट अवैध लागूऔषध खैरो हेरोइन १ ग्रामसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने पसल संचालक ३५ वर्षीय शेर बहादुर भण्डारी र सोही ठाउँ बस्ने २७ वर्षीय राकेश भट्ट रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलाली र अस्थायी प्रहरी पोष्ट जुगेडाबाट खटिएको प्रहरीले पसलमा तलासी गर्ने क्रममा लुकाई छिपाई राखेको अवस्थामा उक्त लागूऔषधसहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
धनगढी उपमहानगरपालिका-७ मनेहराबाट अवैध लागूऔषध खैरो हेरोइन १ ग्राम ७ मिलिग्रामसहित सोही ठाउँ बस्ने २५ वर्षीय गोबिन्द रानालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
झापाको भद्रपुर नगरपालिका-५ स्थित मेचीपुलबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १ ग्रामसहित सोही नगरपालिका-८ बस्ने २६ वर्षीय मोहित साहलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिट मेचीपुलबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको मे.१० प ३२८७ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
झापाकै झापा गाउँपालिका-५ मेचे बस्ती पन्थडाँडाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्रामसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कमल गाउँपालिका-५ बस्ने २४ वर्षीय विशाल राजवंशी र १९ वर्षीय रोहन ढकाल रहेका छन् । प्रहरी चौकी शरणामती र बी.ओ.पी पन्थडाँडाबाट संयुक्त रुपमा खटिएको प्रहरीले प्र.१-०१-०१३ प ४१८१ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा स्कुटरमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
लमजुङको बेसिशहर नगरपालिका-८ शेराचोकबाट अवैध लागूऔषध चरेस ८७ ग्राम ७ मिलिग्रामसहित मनाङ ङिस्याङ गाउँपालिका-६ बस्ने ३० वर्षीय राजु गोतामेलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय लमजुङबाट खटिएको प्रहरीले उनलाई उक्त चरेससहित पक्राउ गरेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआफूलाई अभियन्ता बताउने आशिका तामाङ पक्राउ
माघ २, २०८१ बुधबार
एक सय ११ किलोग्राम गाँजासहित एकजना पक्राउ
माघ २, २०८१ बुधबार
चेक अनादर आरोपमा एमाले नेता किशोरविक्रम पक्राउ
माघ १, २०८१ मंगलबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
यस वर्षको एसइई परीक्षा आगामी चैत ७ गतेदेखि सञ्चालन हुने
माघ २, २०८१ बुधबार
क्यान्सरविरुद्धको एचपिभी सबै खोप नेपाल ल्याइयो
माघ २, २०८१ बुधबार
हरिवन नगरपालिकामा खानेपानी अभावमा काकाकुल छन् ९ सय बढी घर परिवार
माघ २, २०८१ बुधबार
स्वास्थ्य मन्त्रालयले ‘ह्युमन मेटाप्न्यूमो भाइरस’बारे अध्ययन गरिने
माघ २, २०८१ बुधबार
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
माघ २, २०८१ बुधबार
सर्वाेच्चले रिट खारेज गरेसँगै अरुण चौधरीको सांसद पद जोगियो
माघ २, २०८१ बुधबार