सन्दीपविरुद्धको बलात्कार मुद्दा : पीडितलाई उपचार खर्च दिन अदालतको आदेश
नेपालबहस संवाददाता
असार ११, २०८० सोमबार १७:५४:२४
११ असार, काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध जिल्ला अदालत काठमाडौंमा विचराधीन बलात्कारसम्बन्धी मुद्दामा पीडितलाई उपचार खर्च भराउन आदेश दिएको छ ।
न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासले पीडित राहत कोषबाट पीडित (गौशाला २६)लाई अन्तरिम राहतस्वरुप उपचार खर्च दिन सोमबार आदेश दिएको हो ।
अस्पतालका चिकित्सकको बकपत्र समेत गरेपछि अदालतले उपचार गर्दाको खर्च उपलब्ध गराउन आदेश दिएको हो । अदालतकाे यसअघिका आदेशबमाेजिम पीडित पक्षले बालात्कार घटनापछि शारीरिक र मानसिक स्वास्थ्यको उपचारका क्रममा ७० हजार रुपैयाँ खर्च भएको भन्दै बिल पेश गरेकी थिइन् ।
आरोपित सन्दीप लामिछानेका कानून व्यवसायीहरुले भने उनलाई उपचार खर्च दिने निवेदनमाथिको बहसमा बलात्कार मुद्दा अन्तिम टुंगो लागिनसकेको अवस्थामा राहत दिन नमिल्ने बहस गरेका थिए । सन्दीपविरुद्ध बलात्कार कसुरसम्बन्धी मुद्दाको अन्तिम सुनुवाइ हुने चरणमा रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसूर्यदर्शन सहकारी बचत अपचलन: रवि लामिछानेसहित प्रतिवादीहरूको थुनछेक बहस जारी
पुष २४, २०८१ बुधबार
नवीकरण नभएका सङ्कलित हतियार बुझाइँदै
पुष २४, २०८१ बुधबार
बादलुको घुम्टोभित्र घोराही र देउखुरी
पुष २४, २०८१ बुधबार
दार्चुला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापन जटिल
पुष २४, २०८१ बुधबार
जोशी हाइड्रोपावरको साधारण सभा माघ १५ गतेलाई आह्वान
पुष २४, २०८१ बुधबार
नारायणी डेभलपमेन्ट बैंकको ९४ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
पुष २४, २०८१ बुधबार