सिराहामा खानेपानी कार्यालयका सुरक्षा गार्डकाे शव रगताम्मे अवस्थामा फेला
नेपालबहस संवाददाता
असार ११, २०८० सोमबार १९:०:१६
•मुकेश कुमार यादब
११ असार, सिरहा। सिरहाको मिर्चैया नगरपालिका ७ स्थित मिर्चैया साना शहरी खानेपानी तथा सरसफाई कार्यालयका सुरक्षा गार्ड मृत अवस्थामा फेला परेका छन् ।
मिर्चैया नगरपालिका ८ घर भई खानेपानीमा सुरक्षा गार्डको काम गर्ने करिब ४५ वर्षीय किशोरी राय कुर्मीलाई धारिलो हतियार प्रहार गरी शरीरको विभिन्न भागमा काटिएको अवस्थामा आज कार्यालय परिसरभित्रै शव फेला परेको हो ।
कार्यालयका पदाधिकारी विशेष कामले सुनसरीको इटहरी जान गाडी लिन जाँदा रगताम्मे अवस्थामा सुरक्षा गार्ड देखेपछि संस्थाका सचिव डिकाराम पोखरेलले प्रहरीलाई जानकारी गराएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिए ।
प्रहरी घटनास्थल पुग्दा उनको मृत्यु भइसकेको जनाएको छ । घटनाको प्रकृति हेर्दा उनको हत्या भएको हुनसक्ने प्रारम्भिक अनुमान गर्न सकिने प्रहरीको भनाई छ । लाशलाई प्रादेशिक अस्पताल सिराहामा पोष्टमार्टम गराई परिवारजनलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ। प्रहरीले घटनाको प्रारम्भिक अनुसन्धान भइरहेको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआफूलाई अभियन्ता बताउने आशिका तामाङ पक्राउ
माघ २, २०८१ बुधबार
एक सय ११ किलोग्राम गाँजासहित एकजना पक्राउ
माघ २, २०८१ बुधबार
चेक अनादर आरोपमा एमाले नेता किशोरविक्रम पक्राउ
माघ १, २०८१ मंगलबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
यस वर्षको एसइई परीक्षा आगामी चैत ७ गतेदेखि सञ्चालन हुने
माघ २, २०८१ बुधबार
क्यान्सरविरुद्धको एचपिभी सबै खोप नेपाल ल्याइयो
माघ २, २०८१ बुधबार
हरिवन नगरपालिकामा खानेपानी अभावमा काकाकुल छन् ९ सय बढी घर परिवार
माघ २, २०८१ बुधबार
स्वास्थ्य मन्त्रालयले ‘ह्युमन मेटाप्न्यूमो भाइरस’बारे अध्ययन गरिने
माघ २, २०८१ बुधबार
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
माघ २, २०८१ बुधबार
सर्वाेच्चले रिट खारेज गरेसँगै अरुण चौधरीको सांसद पद जोगियो
माघ २, २०८१ बुधबार