कोशीमा आफूहरुको नेतृत्वमा सरकार गठन गर्ने विपक्षीहरुको निर्णय
नेपालबहस संवाददाता
असार ११, २०८० सोमबार १९:१:४२
११ असार, काठमाडौं । कोशी प्रदेशमा विपक्षी दलहरुले आफूहरुको नेतृत्वमा नयाँ सरकार गठन गर्ने निर्णय गरेका छन् । प्रदेश प्रमुख परशुराम खापुङबाट प्रदेशसभाको बैठक आह्वान भएलगत्तै सोमबार बसेको विपक्षी दलका नेताहरुको बैठकले यस्तो निर्णय गरेको हो ।
नयाँ सरकार गठनका लागि नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)का नेताहरुको आज काठमाडौंमा बसेको बैठकले नयाँ सरकार गठनको औपचारिक बाटो तय गरको हो ।
हाल अल्पमतका मुख्यमन्त्री हिक्मतबहादुर कार्की एमालेबाट बनेका हुन् र माओवादी केन्द्र, जसपाले समर्थन फिर्ता लिएपछि उनी अल्पतमत परेका छन् । उनले यही असारको १६ गते भित्र प्रदेशसभामा विश्वासको मत लिन प्रस्ताव पेस गर्नुपर्ने संवैधानिक व्यवस्था छ । बैठक १४ गतेका लागि आह्वान भएको छ ।
बैठकमा कार्कीकाे विश्वासको प्रस्ताव फेल गराउने निर्णय बैठकले गरेको कांग्रेस नेता केदार कार्कीले बताए ।
विपक्षी दलकाे विराेधका बाबजुद मुख्यमन्त्री कार्कीले अल्पतमा परेका बेला अध्यादेशबाट प्रदेश सरकारको आगामी आवको नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरिसकेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोशी प्रदेशसभाको हिउँदे अधिवेशन माघ ७ गते आह्वान हुने
पुष २८, २०८१ आइतबार
आगामी वैशाखमा लगानी सम्मेलन गर्दै कोशी प्रदेश
पुष २५, २०८१ बिहिबार
कोशी प्रदेशमा जङ्गली हात्तीको उपद्रो बढ्दै, स्थानीय त्रासमा
पुष १७, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
यस वर्षको एसइई परीक्षा आगामी चैत ७ गतेदेखि सञ्चालन हुने
माघ २, २०८१ बुधबार
क्यान्सरविरुद्धको एचपिभी सबै खोप नेपाल ल्याइयो
माघ २, २०८१ बुधबार
हरिवन नगरपालिकामा खानेपानी अभावमा काकाकुल छन् ९ सय बढी घर परिवार
माघ २, २०८१ बुधबार
स्वास्थ्य मन्त्रालयले ‘ह्युमन मेटाप्न्यूमो भाइरस’बारे अध्ययन गरिने
माघ २, २०८१ बुधबार
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
माघ २, २०८१ बुधबार
सर्वाेच्चले रिट खारेज गरेसँगै अरुण चौधरीको सांसद पद जोगियो
माघ २, २०८१ बुधबार