प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण तय नहुदै इटालीको भ्रमण तय !
नेपालबहस संवाददाता
असार ११, २०८० सोमबार २३:१७:३१
११ असार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले भारत भ्रमण गरेपछि चीनको भ्रमण गर्ने बताएका थिए । केही दिन अघि भारतपछि चीनको भ्रमण गर्ने बताएपनि आगामी अगस्ट महिनाको पहिलो साता इटाली भ्रमण तय भएको छ । प्रधानमन्त्री प्रचण्ड राष्ट्रसंघीय खाद्य तथा कृषि संगठनको कार्यक्रममा सहभागी हुन रोम जाने तयारी गरेका हुन् ।
नेपाल सन् १९५१ देखि राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन 'एफएओ' मा आवद्ध भएको थियो । नेपाल राष्ट्रसंघीय संघ संगठनमध्ये सबैभन्दा पहिले यो संस्थाको सदस्य बनेको बनेका कारण सो कार्यक्रममा सहभागी हुन रोम जान लागेको प्रधानमन्त्रीको सचिवालय स्रोतले जनाएको छ ।
प्रधानमन्त्री प्रचण्डले भारत र चीन भ्रमण गरेर दुवै छिमेकी नेपालका लागि उत्तिकै महत्वपूर्ण छन् भन्ने सन्देश दिन चाहेपनि भारत भ्रमणपछि चीन भ्रमणको मिति भने तय हुन सकेको छैन । ‘आवश्यक समयमा चीन भ्रमण हुन्छ, त्योभन्दा अघि भारतको भ्रमण भयो,’ प्रचण्डको स्वकीय सचिवालय स्रोतले भन्यो । भारतका प्रधानमन्त्रीले बेलाबखत नेपालको भ्रमण गर्दै आएका छन् ।
त्यो भन्दा बढी नेपालका प्रधानमन्त्रीको भारत भ्रमण हुने गरेको छ । गत वर्ष बुद्धजयन्तीका अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमण भएको थियो । त्यसअघि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमण गरेका थिए । मोदीले लुम्बिनी भ्रमणका वेला नेपालका प्रधानमन्त्रीलाई भारत भ्रमणको निमन्त्रणा दिएका थिए । पारस्परिकताका आधारमा नेपालका प्रधानमन्त्रीको भारत भ्रमण हुन गरेको छ । त्यही आधारमा चीन तर्फ पनि नेपालका प्रधानमन्त्रीले भ्रमण गर्दै आएका छन् ।
तर पछिल्लो पटक नेकपा माओवादीका नेताहरुले चीन भ्रमण गरिसकेका छन् । प्रधानमन्त्रीको भारत भ्रमणभन्दा अघि मात्रै माओवादीका नेता एवं पूर्व सभामुख अग्नी सापकोटाको नेतृत्वमा २०सदस्यीय टोली चीन पुगेर नेपाल फर्केको थियो भने सोमबार साँझ मात्रै गृहमन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा चार दिनका एक प्रतिनीधि मण्डल चीन गएको छ । तर प्रधानमन्त्रीको भ्रमण भने अझै टुंगो लाग्न सकेको छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसहकारी ठगी प्रकरण: ६० लाख धरौटी बुझाएर रिहा भए रवि लामिछाने
माघ २, २०८१ बुधबार
सबै प्रदेशमा आपत्कालीन गोदामघर हस्तान्तणको तयारी छ : गृहमन्त्री लेखक
माघ २, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
यस वर्षको एसइई परीक्षा आगामी चैत ७ गतेदेखि सञ्चालन हुने
माघ २, २०८१ बुधबार
क्यान्सरविरुद्धको एचपिभी सबै खोप नेपाल ल्याइयो
माघ २, २०८१ बुधबार
हरिवन नगरपालिकामा खानेपानी अभावमा काकाकुल छन् ९ सय बढी घर परिवार
माघ २, २०८१ बुधबार
स्वास्थ्य मन्त्रालयले ‘ह्युमन मेटाप्न्यूमो भाइरस’बारे अध्ययन गरिने
माघ २, २०८१ बुधबार
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
माघ २, २०८१ बुधबार
सर्वाेच्चले रिट खारेज गरेसँगै अरुण चौधरीको सांसद पद जोगियो
माघ २, २०८१ बुधबार