प्रतिनिधिसभाको बैठक सुरु भएलगत्तै विपक्षी दलहरुकाे अवरोध, बैठक १५ मिनेटका लागि स्थगित
नेपालबहस संवाददाता
असार १२, २०८० मंगलबार ११:३६:४
१२ असार, काठमाडौं । आज प्रतिनिधिसभाको बैठक सुरु भएलगत्तै विपक्षी दलहरुले अवरोध गरेका छन् । सभामुख देवराज घिमिरेले मंगलबारको बैठक सुरु भएको जानकारी सदनलाई गराएसँगै विपक्षी दल एमाले, रास्वपा, राप्रपा लगायत दलका सांसदहरुले उठेर विरोध गरेका छन् ।
बैठकमा एमालेका सांसद सूर्य थापाले सरकारले बजेटमा घोषणा गरेको जिल्ला निर्वाचन कार्यालय खारेजी फिर्ता लिनुपर्ने र यसमा अर्थमन्त्री डा. प्रकाशशरण महतले रोष्ट्रमबाट घोषणा गर्नुपर्ने बताएका छन् । फिर्ताको घोषणा नभएसम्म बैठक चल्न नदिने बताएका छन् ।
यस्तै, रास्वपाका सचेतक सन्तोष परियारले जिल्ला निर्वाचन कार्यालय खारेजी फिर्ता नलिएसम्म बैठक अगाडि बढ्न नसक्ने बताउँदै अर्थमन्त्री महतले प्रतिवद्धता व्यक्त गर्नुपर्ने बताएका छन् । रास्वपाका संसदीय दलका नेता समेत रहेका सांसद रबि लामिछानले जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने सरकारले निर्णयले लोकतन्त्र र जनताको मत दिने स्वतन्त्रता हनन हुने भन्दै खारेजी निर्णय फिर्ता गर्न माग गरे । माग पूरा नभएसम्म सदन चल्न नसक्ने स्पष्ट राखेका छन् । नयाँ दललाई नियन्त्रण गर्ने उद्देश्यबाट खारेजी निर्णय लिएको भन्दै फिर्ताको जोडदार माग गरे ।
अहिले सत्तापक्षका कांग्रेसका प्रमुम सचेतक रमेश लेखकले सरकारले खारेजी निर्णय फिर्ता लिनेबारे आजै अर्थमन्त्री महतबाट सदनमा जवाफ दिने बताए । तैपनि बैठक सुचारु हुन सकेको छैन । प्रमुख प्रतिपक्षी एमालेका प्रमुख सचेतक पदम गिरीले सरकारले जेजस्तो शब्दजाल रचेपनि जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने भन्ने नै रहेको र यसको काम गर्न सीडीओ कार्यालय मातहत राखेर निष्पक्षरुपमा निर्वाचन हुन नदिने र सरकार पक्ष दलहरुको हालीमुहाली गर्ने उद्देश्यले खारेजी निर्णय लिएको बताए । फिर्ताको घोषणा नभएसम्म बैठक चल्न नदिने अडान व्यक्त गरे ।
विराेधमा उत्रिएका सांसदहरूलाइ बसिदिएर बैठक चलाउन पटकपटक आग्रह गरेपनि सुचारू हुन नसकेपछि सभामुख घिमिरेले बैठक १५ मिनेटका लागि स्थगित गरेका छन् । बैठक सुचारु बनाउन सभामुख घिमिरेले सर्वदलीय बैठक राख्ने भएका छन् ।
आजको बैठकमा यसअघि बैठकमा भएका बजेटमाथिको छलफलमा सांसदहरुले उठाएका प्रश्नहरुको अर्थमन्त्रीले जवाफ दिने कार्यसूर्य रहेको छ ।
सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि जेठ १५ मा प्रस्तुत वार्षिक बजेटमा ७७ वटै जिल्ला निर्वाचन कार्यालय खारेज गरी प्रमुख जिल्ला अधिकारी (सीडीओ)को कार्यालयभित्र ईकाइ खडा गरी त्यसबाट निर्वाचन कार्यक्रम संचालन गर्ने जनाएको छ । यसमा निर्वाचन आयोगले समेत आपत्ति जनाउँदै आएको छ । बजेटपछि आयोगले बोलाएको सर्वदलीय बैठकमा सबै दलका प्रतिनिधिहरुले खारेजी निर्णय अस्वीकार्य रहेको जनाइसकेका छन् ।
तैपनि बजेटमाथि संसदमा चलेको बैठकमा सत्ता पक्षका अधिकांश सांसद र मन्त्रीहरुले बजेटमा घोषणा गरिएका विषयवस्तु फेरबदल नहुने बताउँदै आएपछि विपक्षी दलहरु सशंकित बनेका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसहकारी ठगी प्रकरण: ६० लाख धरौटी बुझाएर रिहा भए रवि लामिछाने
माघ २, २०८१ बुधबार
सबै प्रदेशमा आपत्कालीन गोदामघर हस्तान्तणको तयारी छ : गृहमन्त्री लेखक
माघ २, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
यस वर्षको एसइई परीक्षा आगामी चैत ७ गतेदेखि सञ्चालन हुने
माघ २, २०८१ बुधबार
क्यान्सरविरुद्धको एचपिभी सबै खोप नेपाल ल्याइयो
माघ २, २०८१ बुधबार
हरिवन नगरपालिकामा खानेपानी अभावमा काकाकुल छन् ९ सय बढी घर परिवार
माघ २, २०८१ बुधबार
स्वास्थ्य मन्त्रालयले ‘ह्युमन मेटाप्न्यूमो भाइरस’बारे अध्ययन गरिने
माघ २, २०८१ बुधबार
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
माघ २, २०८१ बुधबार
सर्वाेच्चले रिट खारेज गरेसँगै अरुण चौधरीको सांसद पद जोगियो
माघ २, २०८१ बुधबार