धुर्मुस् सुन्तलीको वेव फिल्म 'मत मर्छु कि क्याहो' युट्युवमा सार्वजनिक
नेपालबहस संवाददाता
असार १२, २०८० मंगलबार ११:३८:३३
१२ असार, काठमाडौं । लोकप्रिय कलाकार सिताराम कट्टेल 'धुर्मुस्' र कुन्जना घिमिरे 'सुन्तली'ले निर्माण गरेको वेव फिल्म 'मत मर्छु कि क्याहो' युट्युवमा सार्वजनिक गरिएको छ । कोरोना कहरको समयमा चितवन आसपासमा खिचिएको यो फिल्म ओटिटी प्लेटफर्म 'ओहो मुभिज'मा राखिएको थियो । धुर्मुस् सुन्तली युट्युवमा 'सोमबार' दिउँसो ३:३० मा सार्वजनिक गरिएको हो ।
फिल्ममा उनीहरुलाई धुर्मुस् र सुन्तलीकै भूमिकामादेखिएका छन् । फिल्ममा धुर्मुस् र सुन्तलीसँगै रबि गिरी, बुद्दि तामाङ, बिजय बराल, पल्पसा डंगोल, बलदिप राई, सुमन कार्की, सुमन कोइराला, प्रमिला खनाल, घनश्याम गौतम, सुनिता घिमिरे, पुष्पा आचार्य र सुशिला थापाको अभिनय रहेको छ ।
यसमा लेखन तथा निर्देशन धुर्मुस् र सुन्तली दुबैले गरेका छन् । धुर्मुसले भनेका छन्, 'यसलाई हामीले वेव फिल्म भनेका छौं । ठुलो पर्दाको चलचित्र भने होइन ।' उनका अनुसार आगामी दिनमा पनि दर्शकको रोजाई अनुरुपमा फिल्म निर्माण गर्नेछन् । सुदिप बरालको छायांकन रहेको फिल्ममा मिलन श्रेष्ठको सम्पादन रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसन् २०२४ मा मनोरञ्जन क्षेत्र, स्वीफ्टोनोमिक्सदेखि कोरियन सङ्गीतको सफलतासम्म
पुष १७, २०८१ बुधबार
नेपाली कला र संस्कृति प्रवर्द्धन गर्न अमेरिकामा सांगीतिक कार्यक्रम
पुष १४, २०८१ आइतबार
चलचित्र ‘देववाणी’ प्रदर्शनमा, बलिउड अभिनेता ह्यारीले दर्शकसँगै फिल्म हेर्ने
पुष १०, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
यस वर्षको एसइई परीक्षा आगामी चैत ७ गतेदेखि सञ्चालन हुने
माघ २, २०८१ बुधबार
क्यान्सरविरुद्धको एचपिभी सबै खोप नेपाल ल्याइयो
माघ २, २०८१ बुधबार
हरिवन नगरपालिकामा खानेपानी अभावमा काकाकुल छन् ९ सय बढी घर परिवार
माघ २, २०८१ बुधबार
स्वास्थ्य मन्त्रालयले ‘ह्युमन मेटाप्न्यूमो भाइरस’बारे अध्ययन गरिने
माघ २, २०८१ बुधबार
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
माघ २, २०८१ बुधबार
सर्वाेच्चले रिट खारेज गरेसँगै अरुण चौधरीको सांसद पद जोगियो
माघ २, २०८१ बुधबार