सलमान खानलाई फेरी गोल्डी बराडको ज्यान धम्की
नेपालबहस संवाददाता
असार १२, २०८० मंगलबार ११:४१:०
१२ असार, मुम्बई । बलिउड अभिनेता सलमान खानलाई कैयौं पटक ज्यानको धम्की आइसकेको छ ।जसकारण उनले आफ्नो सुरक्षा व्यवस्था कडा पारेका छन्, हाल उनलाई मुम्बई प्रहरीले पनि सुरक्षा दिइरहेको छ ।
अब यी अभिनेतालाई ग्याङस्टार गोल्डी बराडले ज्यानको धम्की दिएका छन् । गोल्डीले एक अन्तरवार्तामा सलमानलाई मौका मिल्ना साथ मार्ने योजना बनाएको खुलासा गरेका छन् । उनले सलमानले काला हिरण मारेपछि आफूहरुसँग माफी नमागेकाले त्यसको बदला लिने उनले दाबी गरेका हुन् ।
‘सलमानले काला हिरण मारेर विश्नोई समाजको बेइज्जत गरेका छन् । विश्नोई समाज काला हिरणलाई पुजा गर्दछ । उहाँलाई माफी माग्नु भन्दा पनि माफी माग्नुभएन । यसकारण जब हामी मौका पाउँछौं, उहाँलाई मारिदिन्छौ’, गोल्डीले भनेका छन् । यसअघि पनि सलमान खानलाइ ज्यान मार्ने धम्की दिइएको थियो ।
उनले आफूहरुको खलिस्तान र आईएसआईसँग कुनै सम्बन्ध नरहेको दाबी गरेका छन् । सलमान सन् १९९८ मा फिल्म ‘हम साथ साथ हे’को सुटिङ गर्ने सिलसिलामा जोधपुरमा थिए । त्यो बेला सलमान माथी कालो हिरण मारेको आरोप थियो । यसलाई लिएर अदालतमा मुद्धा पनि पर्यो । जसकारण उनी जेल पनि गए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरामचरणको गेम चेञ्जरलाई टक्कर दिँदै अघि बढ्यो बालकृष्णको ‘डाकु महाराज’
माघ २, २०८१ बुधबार
‘गली ब्वाईको सिक्वेलमा रणवीर र आलिया नहुने, बिक्की र अनन्या पाण्डे देखिने
माघ २, २०८१ बुधबार
खलनायकले ओठमा चुम्बन गरेपछि...
माघ २, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
यस वर्षको एसइई परीक्षा आगामी चैत ७ गतेदेखि सञ्चालन हुने
माघ २, २०८१ बुधबार
क्यान्सरविरुद्धको एचपिभी सबै खोप नेपाल ल्याइयो
माघ २, २०८१ बुधबार
हरिवन नगरपालिकामा खानेपानी अभावमा काकाकुल छन् ९ सय बढी घर परिवार
माघ २, २०८१ बुधबार
स्वास्थ्य मन्त्रालयले ‘ह्युमन मेटाप्न्यूमो भाइरस’बारे अध्ययन गरिने
माघ २, २०८१ बुधबार
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
माघ २, २०८१ बुधबार
सर्वाेच्चले रिट खारेज गरेसँगै अरुण चौधरीको सांसद पद जोगियो
माघ २, २०८१ बुधबार