हाइमस्ट लाइट खरिदमै घोटाला, तामझामका साथ गरिएको उज्यालो भोलिपल्ट फेरि अँध्यारो
नेपालबहस संवाददाता
असार १२, २०८० मंगलबार १२:९:५५
•दीपक शर्मा
१२ असार, बर्दिया । बर्दियाको बढैयाताल गाँउपालिकामा करोडौं रुपैयाँको लगानीमा राखिएको हाइमस्ट लाईट खरिद प्रकृयामा घोटाला भएको पाइएको छ । पालिकाले बजार क्षेत्रमा रातभर उज्यालो बनाउने भन्दै निर्माण गरिरहेको हाइमस्ट लाईटले पालिकाबासीलाई उज्यालो भन्दा पनि केहीलाई कमाउने धन्दा बनेको छ ।
पालिकाले जमुनी , सितलाबजार, मैनापोखर र भोलागौडीमा गरी चार स्थानमा हाइमस्ट लाईट राखेको छ । ति मध्ये मैनापोखरको लाईट राखेको २ दिनमै बिग्रिएको बढैयाताल गाउँपालिकाका सूचना अधिकारी कमल खडका थोकीले बताए । त्यसको मर्मत कार्य जारी रहेको उनले जानकारी दिए ।
पालिकाका अध्यक्ष हिमालय त्रिपाठी, प्रमुख प्रशासकीय अधिकृत दानबहादुर ऐडि र इन्जिनियर केशव पौडेलको मिलेमतोमा कमसल सामग्रीको प्रयोग गरी निर्माण गरिएको हाइमस्ट लाईट खरिद प्रकृयामै घोटाला भएको हुन सक्ने स्थानीयबासीहरुले बताएका छन । वढैयाताल गाँउपालिकाको कार्यालय मैनापोखरमा राखिएको हाइमस्ट लाईट तेस्रो दिन देखि बल्न छोडेपछि वास्तविकता बाहिर आएको हो ।
जडान भएको २ दिनमै बिग्रिएपछि यसको विषयमा सोधीखोजी हुन आवश्यक भएको उद्योग वाणिज्य संघ बढैयातालका अध्यक्ष बालकृष्ण लामिछानेले बताए । लाखौं रुपैयाँ खर्च गरेर बनाइएको हाइमस्ट लाईटले एक रात बजार उज्यालो देखियो, दोस्रो दिन फेरी पुरानै शैलीमा आएका कारण सामानको गुणस्तरमाथि प्रश्न चिन्ह खडा भएको लामिछानेको भनाई रहेको छ ।
प्रमुख प्रशासकीय अधिकृत दानबहादुर ऐडिलाई यस विषयमा बुझ्न खोज्दा आफुलाई सो विषयमा केही थाहा नभएको भन्दै गैर जिम्मेवारी जवाफ दिएका छन् । उनले आफुलाई लाइट बिग्रिएको विषयमा केही थाहा नभएको बताए ।
इन्जिनियर केशव पौडेलले पालिकाले राखेका चार वटा मध्ये अन्यको मर्मतकार्य जारी रहेको तर मैनापोखरमा रहेको लाइट मर्मत पुरा भई संचालनमा आएको केही दिनमै खराबी आएको हुँदा सम्बन्धित कम्पनीलाई जानकारी गराइएको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाँकेमा चिसोले जनजीवन प्रभावित
माघ २, २०८१ बुधबार
लुम्बिनी प्रदेशमा आज सार्वजनिक विदा
माघ २, २०८१ बुधबार
पाटे बाघको आक्रमणमा परी बर्दियामा महिलाको मृत्यु
पुष २८, २०८१ आइतबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
यस वर्षको एसइई परीक्षा आगामी चैत ७ गतेदेखि सञ्चालन हुने
माघ २, २०८१ बुधबार
क्यान्सरविरुद्धको एचपिभी सबै खोप नेपाल ल्याइयो
माघ २, २०८१ बुधबार
हरिवन नगरपालिकामा खानेपानी अभावमा काकाकुल छन् ९ सय बढी घर परिवार
माघ २, २०८१ बुधबार
स्वास्थ्य मन्त्रालयले ‘ह्युमन मेटाप्न्यूमो भाइरस’बारे अध्ययन गरिने
माघ २, २०८१ बुधबार
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
माघ २, २०८१ बुधबार
सर्वाेच्चले रिट खारेज गरेसँगै अरुण चौधरीको सांसद पद जोगियो
माघ २, २०८१ बुधबार