नागरिक उड्ड्यन प्राधिकरणका महानिर्देशकलाई मन्त्री किरातीको स्पष्टीकरणपत्र
नेपालबहस संवाददाता
असार १२, २०८० मंगलबार १२:५:१३
१२ असार, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीसुदन किरातीले नेपाल नागरिक उड्ड्यन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई स्पष्टीकरण सोधेका छन् ।
उनीमाथि उड्डयन सुरक्षा बलियो र प्रभावकारी बनाउन नसकेको, उडान सुरक्षामा लापरबाही गरेको लगायत राज्यले सुम्पेको जिम्मेवारी बहन गर्न नसकेको विषयमा ९ बुँदे स्पष्टीकरण सोधेका हुन् ।
अधिकारीमाथि प्राधिकरणको नेतृत्वमा रहेर प्राधिकरणलाई नियामक र सेवा प्रदायक निकायका रुपमा अलग गर्ने सररकारको नीतिविरुद्ध काम गरेको र अभिव्यक्ति दिइएको आरोप छ ।
भैरहवा र पोखरामा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान सञ्चालन गर्न असहयोग गर्नुका साथै यसअघि दिइएका निर्देशनहरु पालना नगरेका जस्ता विषयमा मन्त्री किरातीले ‘विमानस्थल सञ्चालकको समेत मुख्य भूमिकामा रहनुभएका तपाईंको कार्य क्षमता कमजोर रहेको किन नमान्ने ?’ जस्ता प्रश्न गरेका छन् ।
अधिकारीलाई यसअघि नेपाल वायु सेवा निगम संचालक समितिको बैठकमा मन्त्री किरातीले तोकिएको जिम्मेवारी पूरा नसके समयमै राजीनामा दिएर बाटो खुला गर्न आग्रह गरेका थिए । तैपनि अधिकारी पदमा बसिरहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसहकारी ठगी प्रकरण: ६० लाख धरौटी बुझाएर रिहा भए रवि लामिछाने
माघ २, २०८१ बुधबार
सबै प्रदेशमा आपत्कालीन गोदामघर हस्तान्तणको तयारी छ : गृहमन्त्री लेखक
माघ २, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
यस वर्षको एसइई परीक्षा आगामी चैत ७ गतेदेखि सञ्चालन हुने
माघ २, २०८१ बुधबार
क्यान्सरविरुद्धको एचपिभी सबै खोप नेपाल ल्याइयो
माघ २, २०८१ बुधबार
हरिवन नगरपालिकामा खानेपानी अभावमा काकाकुल छन् ९ सय बढी घर परिवार
माघ २, २०८१ बुधबार
स्वास्थ्य मन्त्रालयले ‘ह्युमन मेटाप्न्यूमो भाइरस’बारे अध्ययन गरिने
माघ २, २०८१ बुधबार
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
माघ २, २०८१ बुधबार
सर्वाेच्चले रिट खारेज गरेसँगै अरुण चौधरीको सांसद पद जोगियो
माघ २, २०८१ बुधबार