खुवाको ‘हब’ बन्दै चुच्चेखोला
नेपालबहस संवाददाता
असार १२, २०८० मंगलबार १३:८:३३
♦ मणिराज गौतम
१२ असार, मनहरी । हेटौँडा–६ चुच्चेखोलाका कृष्णप्रसाद तिमल्सिनाले खुवा व्यवसाय गर्न थालेको ४४ वर्ष भयो । हेटौंडाको पहिलो खुवा घोट्ने व्यवसायीका रुपमा परिचित तिमल्सिनाले २०३६ सालदेखि यो पेसा सुरु गरेको हो ।
उमेरले लगभग ८० वर्ष टेकिसक्नु भए पनि तिमल्सिनाको खुवा घोट्ने जोस अझै घटेको छैन । उनी अहिले पनि बिहान ५ देखि राति ९ बजेसम्म खुवा घोट्नमै व्यस्त हुन्छन् । खुवा घोटेर परिवार पालनपोषणसँगै तिमल्सिनाले यही पेसाबाट कमाएको रकमले आफ्ना तीन छोरा र एक छोरीलाई अध्यापनसँगै जग्गा जमिन जोड्न समेत सफल भएको छ । इच्छा शक्ति भयो भने एउटै कामबाट पनि सफल बन्न सकिन्छ भन्ने उदाहरणका रुपमा तिमल्सिनालाई लिन सकिन्छ ।
मकवानपुरको हेटौडा उपमहानगरपालिका–६ र १७ को साँधमा तिमल्सिनाको श्रीकृष्ण खुवा बिक्री भण्डार भन्ने पसल छ । अहिले कृष्णप्रसादको बिँडो माहिला छोराबुहारीले थामेका छन् । “उमेरले नेटो काट्यो के गर्नु, पुरानो पेसा छाड्न सकिएन माया लाग्छ, त्यसैले अहिले पनि सकेसम्म आफैँ अग्रसर हुन्छु”, तिमल्सिना भन्छन् ।
पसल छोराबुहारीले सम्हालेपछि तिमल्सिनाले सोही नाममा यसको शाखा हेटौंडा बजारमा खोल्नुभएको पनि २३ वर्ष भइसकेको उनी बताउँछन् । चुच्चेखोलाको व्यवसाय सुरु गरेको अहिले ४५ वर्ष भयो । जीवनको पूवाद्र्धमा दुःख कष्ट र उकाली ओरालीहरूसँग सङ्घर्ष गर्दा गर्दै अन्ततः तिमल्सिनाले खुवा व्यवसायको पहिचान बनाए ।
चुच्चेखोला अहिले खुवा पारखीहरुको आकर्षणको केन्द्र बन्दै गएको छ । पूर्व–पश्चिम राजमार्गको सप्तरीको बरमजियामा पाइने बाजेको पेडा जस्तै चर्चित छ चुच्चेखोलाको खुवा । तपाईँ जो कोही जति बेला पनि चुच्चेखोला पुग्याे भने हरेक दिन बिहानदेखि बेलुकैसम्म आगो नै बालेर सफा र शुद्ध तरिकाले खुवा बनाएको प्रस्ट देख्न सकिन्छ ।
सुरुमा खुवाका बारे त्यति चर्चा नभए पनि २०३८ सालतिरबाट यसले बजार पनि पाउन थालेको हो । दूधलाई कराइमा आगोले तताएर लगभग दुई घण्टा पन्यूँले चलाउँदै गएपछि खुवा बन्दछ । खुवा पछिल्लो समय कोसेलीका रुपमा पनि लिने गरिन्छ । यसको बजार नेपाल भर मात्र होइन, विदेशमा पनि कोसेलीका रुपमा पनि पुग्ने गरेको तिमल्सिना बताउँछन् । यसले देशको अर्थतन्त्रमा पनि ठूलै हिस्सा जोडेको छ ।
गोरेटो बाटो रहेकाले उति बेला हिँडडुल गर्नेहरूको चहलपहल खासै नभएकाले व्यापारको सुरुआती दिन सम्झिँदा तिमल्सिना भन्छन्, “त्यस समयमा खुवाको व्यापारबाट दैनिक एक किलो खुवा बेच्न पनि मुस्किल थियो ।”
आफ्नो परिश्रममा विश्वास राख्ने तिमल्सिनाले पेसाप्रतिको इमान्दारीतालाई पनि मर्न दिनुभएन भन्दै निरन्तर लागिरहे । मिहिनेतमा भरोसा गर्नेले एक दिन अवश्य सुख पाउने छ भन्ने आशा राखेर उहाँले यही पेसालाई आफ्नो जीवनको उत्तराद्र्धसम्म पनि निरन्तरता दिइरहेको छ । पहिला प्रतिकेजी रु १५ सम्म खुवा बेचेको उनी सम्झन्छन् । अहिले खुवाको मूल्य प्रतिकेजी रु सात सय पुगेको छ ।
पहिला खुवाका लागि दैनिक १० लिटर दूध घोट्ने तिमल्सिना पछिल्लो एक दशकयता दैनिक दुई सय लिटरसम्म दूध घोट्ने गर्छन् । खुवाको लागि भैँसीको दूध चाहिने भएकाले पछिल्लो समय भैँसीपालनमा भन्दा बढी गाईपालनमा कृषकहरू आकर्षित भएपछि खुवाका लागि भैँसीको दूध जुटाउन तिमल्सिनालाई निकै समस्या आइपरेको छ ।
छोराबुहारीले विभिन्न गाउँबाट मगाउँछन् अहिले पनि दैनिक चार सय लिटरसम्म दूध खरिद गरी खुवा घोट्ने काम भइरहेको उनी बताउँछन् । चार लिटर दूध बराबर एक किलो खुवा उत्पादन हुने हुँदा तिमल्सिनाको पसलमा दैनिक ७५ किलोसम्म खुवा उत्पादन हुने गर्दछ । उनले पसलबाटै प्रतिकेजी रु सात सयमा खुवा बेच्छन् । यही व्यवसायबाट दैनिक खर्च कटाएर मासिक लाखौँ रूपैयाँ आम्दानी गरिरहेको उनको भनाइ छ ।
तिमल्सिनाको फरक पेसाले साँच्चै नै व्यावसायिक क्रान्ति छर्न सकिन्छ भन्ने उदाहरण बनेको छ तिमल्सिना । अहिले त हेटौंडाको चुच्चेखोलामा मात्र लगभग दर्जनभन्दा बढी खुवाका पसलहरू छन् । तिमल्सिनामात्र होइन, यही पेसाबाट उनका छिमेकी श्यामकुमार मानन्धरले पनि आफूलाई खुवा व्यवसायीका रुपमा परिचित बनाएको छ ।
विगत २४ वर्षदेखि चुच्चेखोलामा मानन्धरले खुवा बेच्दै आउनुभएको छ । उहाँ पनि एक सफल खुवा व्यवसायीका रुपमा परिचित छन् । मानन्धरले सञ्चालन गरेको कृष्ण कन्हैया खुवा भण्डार पनि साढे दुई दशक पुग्न थाल्यो । उनको भण्डारमा ग्राहकहरूको बाक्लो भीड लाग्ने गरेको देख्न सकिन्छ । वि.सं २०५६ तिरबाट खुवा बनाउन सुरु गरेका मानन्धरले अहिले खुवा बेचेर फुर्सद पाउँदैनन् । दैनिक एक सय ५० लिटर दूध खपत गरेर २० किलोभन्दा बढी खुवा बनाउने गरेको मानन्धर बताउँछन् ।
यस स्थानमा लहरै रहेका झन्डै दर्जनभन्दा बढी खुवा पसल सञ्चालनमा छन् । स्थानीय कृषक तथा डेरीबाट दूध किनेर खुवा बनाउने गरेको बताउँदै मानन्धरले खुवाको प्रचार हुँदै जाँदा अहिले पसलको खुवा हेटौंडामा मात्रै नभई पोखरा वीरगञ्ज, चितवन, जनकपुर काठमाडौँसम्म पुग्ने गरेको बताउँछन् । वि.सं २०५६ बाट खुवा बेच्दै आएका मानन्धरले पनि खुवाकै व्यापारबाट मात्र अहिले मासिक एक लाख आम्दानी गर्दै आउनुभएको बताउछन् ।
खुवा सबैैैले देख्ने गरी बनाइन्छ, यसको मीठो बास्नाले गर्दा होला कान्तिलोकपथ भएर यात्रा गर्ने होस् या गर्मी छल्न आउने जो कोही पनि खुवाको मीठो स्वाद चाखेर जाने गर्दछन् । चुच्चेखोलाको खुवाको चर्चा धेरै सुन्ने गरेको तर आज कान्तिलोकपथ भएर यात्रा गर्ने क्रममा खुवा चाख्ने मौका मिल्यो मानन्धरको पसलमा खुवा खाँदै गरेका रौतहट फतुवा विजयपुर नगरपालिका–१० बस्ने औधेस चौधरीले बताए । चौधरीले आफू तराईकोे बासिन्दा भए पनि खुवा चाख्ने मौका मिलेको र यहाँको खुवाका स्वाद निकै स्वादिष्ठ भएको प्रतिक्रिया दिए । यस पेसाबाट आफूले घरव्यवहार चलाएको र जग्गा पनि किनेको बताउँदै मानन्धरले आफू यस व्यवसायबाट सन्तुष्ट रहेको बताए ।
उनकोे २४ वर्षदेखिको पेसाप्रतिको मिहेनत र लगावले मानन्धर अहिले जिल्लाकै सफल खुवा व्यवसायीका रुपमा गनिन्छन् । मानन्धरसँगै रहेको लक्ष्मीनारायण खुवा पसलका सञ्चालक ६६ वर्षीय सोमनाथ तिमल्सिना पनि खुवा व्यवसायबाटै चर्चामा छन् । सोमनाथले यो काम थालेको ३५ वर्ष बढी भयो । यही पेसाबाट सोमनाथले पनि आफ्नो परिवार धान्दै आयआर्जन गरिरहेको छ ।
उनको पनि दैनिक दाउरा, दूध खरिदको खर्च कटाएर मासिक लाख रूपैयाँ बच्ने गरेको बताउँछन् । सोमनाथकोे पसलमा उत्पादन हुने खुवा पोखरासम्म पुग्छ । दैनिक रुपमा बसमार्फत पोखरामा खुवा पठाउने गरिन्छ । हेटौंडा बाहिरका मिठाई व्यवसायी र होटलहरूले चुच्चेखोलाको खुवा लैलाने गर्दछन् ।
अहिले भैँसी पाल्ने कृषकहरू घटेका छन् । भैँसीको दूध पाउन मुस्किल छ । पछिल्लो समय उन्नत जातका गाई पाल्ने क्रम बढ्दै आएपछि खुवा व्यवसायीहरुले चनाखो हुन बाध्य हुनुपरेको छ । भैँसीले गाईको तुलनामा कम दूध दिने भएकाले पनि कृषकहरूले भैँसी पाल्न छाडेको खुवा व्यवसायीहरू बताउँछन् ।
एउटा भैँसीको लगभग लाख रूपैयाँसम्म पर्दछ । किसानले यति ठूलो खर्च गर्न सक्दैनन् । त्यसैले यहाँका खुवा व्यवसायीले किसानलाई स्थानीय सहकारीमार्फत ऋण लिएर त्यसबाट भैँसी किन्न उत्प्रेरित गर्ने अनि भैँसी किनेका किसानले सम्बन्धित खुवा पसलमै दूध बेच्नेले गर्दा खुवा पसलहरू पनि टिकिरहेको देख्न सकिन्छ । दूध खुवा पसलले प्रति लिटर रु ९० मा भैँसीको दूध किन्ने गर्छन् ।
पछिल्लो समय खुवा व्यवसाय निकै फस्टाएको छ । यो पेसामा आकर्षित हुनेहरुको सङ्ख्या पनि बढिरहेको छ । हेटौंडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामाले केही खुवा व्यवसायीहरुका लागि उपमहानगरले खुवा घोट्ने मेसिन अनुदान दिएको बताए ।
खुवा घोट्न हात चलाइरहनुपर्ने भएकाले सहजताका लागि उपमहानगरले पछिल्लो प्रविधिको मेसिन दिएको उहाँले बताउनुभयो । उहाँका अनुसार यो व्यवसायीलाई थप अनुदान कसरी के प्रक्रियाले दिन सकिन्छ कार्यपालिकाको बैठकबाट निर्णय गरी वार्षिक योजनामा लगेर अनुदान दिन आफूहरू लागिपर्ने बताए । उपमहानगरले चुच्चेखोलालाई खुवाको ‘हब’ बनाउन नयाँ किसानहरूलाई पशुपालन र खुवा व्यवसायमा लाग्न प्रेरित गर्नुपर्ने उनको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौंमा थारू समुदायले मनाए माघीः फोटोफिचर
माघ १, २०८१ मंगलबार
कृत्रिम खुट्टाको सहारामा अटोरिक्सा चलाएर मनग्य आम्दानी गर्दै राजेन्द्र
पुष २९, २०८१ सोमबार
त्रिवेणीधाममा आजबाट माधवनारायण मेलाको व्रत शुभारम्भ [ फाेटाे फिचर ]
पुष २९, २०८१ सोमबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
यस वर्षको एसइई परीक्षा आगामी चैत ७ गतेदेखि सञ्चालन हुने
माघ २, २०८१ बुधबार
क्यान्सरविरुद्धको एचपिभी सबै खोप नेपाल ल्याइयो
माघ २, २०८१ बुधबार
हरिवन नगरपालिकामा खानेपानी अभावमा काकाकुल छन् ९ सय बढी घर परिवार
माघ २, २०८१ बुधबार
स्वास्थ्य मन्त्रालयले ‘ह्युमन मेटाप्न्यूमो भाइरस’बारे अध्ययन गरिने
माघ २, २०८१ बुधबार
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
माघ २, २०८१ बुधबार
सर्वाेच्चले रिट खारेज गरेसँगै अरुण चौधरीको सांसद पद जोगियो
माघ २, २०८१ बुधबार