लम्पी स्किनविरुद्धको भ्याक्सिन स्थानीय तहमार्फत वितरण हुने व्यवस्था गरेका छौं : मन्त्री भुसाल
७ लाख ९७ हजार डोज भ्याक्सिन खरिद
नेपालबहस संवाददाता
असार १२, २०८० मंगलबार १५:४९:६
१२ असार, काठमाडौं । कृषि तथा पशुपंक्षी मन्त्री वेदुराम भुसालले पशु चौपायामा महामारी रुप लिएको लम्पीस्किन रोगविरुद्धको भ्याक्सिन स्थानीय तहमार्फत किसानको घरगोठसम्म पुर्याउने व्यवस्था गरिएको बताएका छन् ।
मन्त्रालयमाथि आगामी आवका लागि विनियोजित बजेटमाथि सांसदहरुले उठाएका प्रश्नको प्रतिनिधिसभाको मंगलबारको बैठकमा जवाफ दिँदै मन्त्री भुसालले लम्पीस्किनविरुद्धको भ्याक्सिन किसानसम्म पु्रयाउन विभिन्न कम्पनीमार्फत भ्याक्सिन आयात गरिएको र त्यसलाई किसानका गोठसम्म पुर्याउने काम भइरहेको बताए । साथै रोग लागेका पशुका शरीरमा उठ्ने गिर्खा र फोकामा लगाउने तथा उच्च ज्वराेमा आउँदा खुवाइने औषधी पनि स्थानीय तहमार्फत नै वितरण हुने व्यवस्था गरिएको उनले जानकारी दिए ।
रोगका कारण गोरु बिरामी परेपछि पहाडी क्षेत्रमा किसानलाई धान रोपाईमा समस्या परेको छ । औषधि भ्याक्सिन (खोप) छिटो उप्लब्ध गराउन किसानहरुले माग गर्दै आइरहेका छन् । राेगले गाई, भैंसी, गाेरूमा व्यापक संक्रमण फैलिएकाे छ । भ्याक्सिन महंगाे भएकाे भन्दै सर्वसुलभ मूल्यमा उप्लब्ध गराउन माग गरेका छन् ।
रोग मुख्य गरी ३ महिनादेखि महामारीको रुप लिएको र २ महिनामै भ्याक्सिन ल्याउने काम भएको बताए । उनले यो रोगविरुद्ध पशुलाई खुवाउने औषधी, दिइने भ्याक्सिन उत्पादन देशभित्र नरहेका कारण उप्लब्ध गराउन ढिलाई भएको बताए । सरकारले भ्याक्सिन खरिदका लागि १० करोड ६० लाख रुपैयाँ बजेट छुटइएको जानकारी दिँदै हाल जोर्डन, तान्जनिया र टर्कीबाट भ्याक्सिन झिकाइएको मन्त्री भुसालले जानकारी दिए । हालसम्म ७ लाख ९७ हजार डोज ल्याइसकेको बताए ।
उनले हालसम्म लम्पीस्किनबाट ६ लाख ११ हजार २०१ पशु चौपाया संक्रमित भएको र २१ हजार ७ सय १३ पशु मरेको जानकारी दिए । तिमध्ये २ लाख बिरामी अवस्थामा रहेको बताए । नेपालमा पहिलोपटक २०७७ सालमा लम्पीस्किन रोग देखा परेको थियो । यो रोग विश्वमा पहिलोपटक अफ्रिकामा देखा परेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
यस वर्षको एसइई परीक्षा आगामी चैत ७ गतेदेखि सञ्चालन हुने
माघ २, २०८१ बुधबार
क्यान्सरविरुद्धको एचपिभी सबै खोप नेपाल ल्याइयो
माघ २, २०८१ बुधबार
हरिवन नगरपालिकामा खानेपानी अभावमा काकाकुल छन् ९ सय बढी घर परिवार
माघ २, २०८१ बुधबार
स्वास्थ्य मन्त्रालयले ‘ह्युमन मेटाप्न्यूमो भाइरस’बारे अध्ययन गरिने
माघ २, २०८१ बुधबार
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
माघ २, २०८१ बुधबार
सर्वाेच्चले रिट खारेज गरेसँगै अरुण चौधरीको सांसद पद जोगियो
माघ २, २०८१ बुधबार