सिरहाका हुलाक कर्मचारी आन्दोलित, कार्यालयमा अनिश्चतकालीन तालाबन्दी
नेपालबहस संवाददाता
असार १२, २०८० मंगलबार १६:५५:५८
♦ मुकेश कुमार यादव
१२ असार, सिरहा । सरकारले जारी गरेको २०८०/०८१ बजेट वक्तव्यमा अतिरिक्त हुलाक कार्यालय खारेजीको घोषणा भएपछि सिरहाका हुलाक कर्मचारीहरू आन्दोलित भएका छन्।
हुलाकलाई व्यवस्थापन गरी आफ्नो पेसाको सुरक्षा ग्यारेन्टी गर्न माग गर्दै आइरहेका अतिरिक्त हुलाकका कर्मचारीहरूले माग सुनुवाइ नभएको भन्दै जिल्लास्थित हुलाक कार्यालयमा तालाबन्दी गरेका हुन्।
हुलाक कर्मचारीहरूले 'अतिरिक्त हुलाक खारेजको निर्णय फिर्ता गर, लामो समयदेखि कार्यरत कर्मचारी खारेज गर्न पाइँदैन, हुलाकको संरचना खारेज हैन यसको सेवाको पुनर्स्थापना गरु लगायतका प्लेकार्डसहित नाराबाजी गर्दै सिरहा बजार परिक्रमा गरेका थिए। परिक्रमापछि आन्दोलनरत कर्मचारीहरूले जिल्ला हुलाक कार्यालयमा तालाबन्दी गरेका हुन् ।
सरकारले अतिरिक्त हुलाक कार्यालयमा कार्यरत कर्मचारीहरूलाई पुरै जीवन सेवामा व्यतीत गरेपनि कुनै सुविधा निश्चित नगरी खारेज गर्न खोजिएको अतिरिक्त हुलाक कर्मचारी एसोसिएसनका जिल्ला अध्यक्ष रमेश श्रेष्ठले बताए। ‘२०३४ सालमा स्थापना भएको अतिरिक्त हुलाक कार्यालय स्थापनाको ४६ वर्षसम्म सेवा गरेका कर्मचारीलाई विना सेवासुविधा निकाल्नु अति नै दुःखद कुरा हो,' श्रेष्ठले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमधेश प्रदेश सुरक्षा निकायका प्रमुखहरूले गरे सीमा क्षेत्रको संयुक्त अनुगमन
पुष २९, २०८१ सोमबार
धनुषाको लक्ष्मीनियाँमा हुलाक कार्यालय स्थापना
पुष २९, २०८१ सोमबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
यस वर्षको एसइई परीक्षा आगामी चैत ७ गतेदेखि सञ्चालन हुने
माघ २, २०८१ बुधबार
क्यान्सरविरुद्धको एचपिभी सबै खोप नेपाल ल्याइयो
माघ २, २०८१ बुधबार
हरिवन नगरपालिकामा खानेपानी अभावमा काकाकुल छन् ९ सय बढी घर परिवार
माघ २, २०८१ बुधबार
स्वास्थ्य मन्त्रालयले ‘ह्युमन मेटाप्न्यूमो भाइरस’बारे अध्ययन गरिने
माघ २, २०८१ बुधबार
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
माघ २, २०८१ बुधबार
सर्वाेच्चले रिट खारेज गरेसँगै अरुण चौधरीको सांसद पद जोगियो
माघ २, २०८१ बुधबार