न्यायाधीशले घुस खाएकाे अभिव्यक्ति दिएका कोशीका मन्त्री राजभण्डारीविरुद्ध अवहेलना मुद्दा दायर
नेपालबहस संवाददाता
असार १२, २०८० मंगलबार १७:९:५७
१२ असार, विराटनगर । कोशी प्रदेशका सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारीविरुद्ध उच्च अदालत विराटनगरमा मुद्दा दायर भएको छ ।
मन्त्री राजभण्डारीविरुद्ध अधिवक्ता उद्धवचन्द्र घिमिरे र उच्च अदालत विराटनगरका रजिस्टार जितेन्द्रबाबु थपलियाले बुधबार अवहेलना मुद्दा दर्ता गरेका हुन् । प्रदेश खेलकुद बोर्डको सदस्यसचिव हंशराज वाग्लेले दायर गरेको रिटको सुनुवाइ गर्दा न्यायाधीशले घुस खाएको आरोप लगाएका थिए ।
मन्त्री राजभण्डारीले यही आइतबार विराटनगरको शिक्षादीप कलेजमा आयोजित कार्यक्रममा न्यायाधीशले घुस खाएको सार्वजनिक अभिव्यक्ति दिएका थिए । मन्त्री राजभण्डारीविरुद्ध अदालतको अवहेलना कसुरमा मुद्दा दायर भएको उच्च अदालतका सूचना अधिकारी ओम सुवेदीले जानकारी दिए ।
अदालतमा विचाराधीन मुद्दामा अदालत र न्यायाधीशको मानहानी हुने गरी अभिव्यक्ति दिएर अदालतको अवहेलना गरेको जनाउँदै त्यसमा एक वर्ष कैद र दश हजार जरिवानाको माग दाबी गरिएको छ ।
गएकाे जेठ ३ मा बसेको कोशी प्रदेश मन्त्रिपरिषद् बैठकले बोर्डका सदस्यसचिव वाग्लेलाई बर्खास्त गरेको थियो । उच्चले बर्खास्त निर्णय कार्यान्वयनमा उच्च अदालत विराटनगरका परेको मुद्दामा न्यायाधीश कृष्णकमल अधिकारीको इजलासले अल्पकालका लागि रोक लगाउने र निर्णयको प्रतिलिपि झिकाउने आदेश दिएको थियो ।
त्यसपछि जेठ २२ गते न्यायाधीशद्वय कृष्णकमल अधिकारी र राजनप्रसाद भट्टराईको संयुक्त इजलासले न्यायाधीश इजलासको आदेशलाई निरन्तरता दिने आदेश दिएको थियो । आदेशसँगै वाग्ले काममा फर्किने बाटो खुला भएको छ । खसलापछि मन्त्रीले आक्रोशपूर्ण अभिव्यक्ति दिएको ठानिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोशी प्रदेशमा जङ्गली हात्तीको उपद्रो बढ्दै, स्थानीय त्रासमा
पुष १७, २०८१ बुधबार
पच्चीस लाख खर्चेर सुन्दरहरैँचामा मौरीपालन
पुष १६, २०८१ मंगलबार
चिसो बढ्दै गएपछि सोलुखुम्बुमा आगो ताप्ने व्यवस्था
पुष १५, २०८१ सोमबार
नवीकरण नभएका सङ्कलित हतियार बुझाइँदै
पुष २४, २०८१ बुधबार
बादलुको घुम्टोभित्र घोराही र देउखुरी
पुष २४, २०८१ बुधबार
दार्चुला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापन जटिल
पुष २४, २०८१ बुधबार
जोशी हाइड्रोपावरको साधारण सभा माघ १५ गतेलाई आह्वान
पुष २४, २०८१ बुधबार
नारायणी डेभलपमेन्ट बैंकको ९४ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
पुष २४, २०८१ बुधबार
देशका सबै नागरिकमा शुद्ध पेयजलको व्यवस्था गर्न सरकार क्रियाशील
पुष २४, २०८१ बुधबार