अदालतको अवहेलना मुद्दामा सर्वोच्चद्वारा बालेनसँग लिखित जवाफ माग
नेपालबहस संवाददाता
असार १२, २०८० मंगलबार १८:१५:४८
१२ असार, काठमाडौं । काठमाडौं महानगरपालिका मेयर बालेन साहविरुद्धको मुद्दामा सर्वोच्च अदालतले अदालतले लिखित जवाफ माग गर्ने आदेश दिएको छ ।
अधिवक्ता वर्षकुमारी झाले यहि असार ८ मा दायर गराएकी मुद्दामा न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले लिखित जवाफ माग गर्ने आदेश दिएको हो ।
यसअघि उच्च अदालत पाटनले काठमाडौं महानगरका मेयर बालेनले महानगरभित्र भारतीय फिल्म ‘आदिपुरुष’मा ‘जानकी भारतकी छोरी हुन्’ भन्ने संवाद नहटाएसम्म कुनैपनि भारतीय फिल्म चल्न नदिने घोषणा गरेका विरुद्ध परेको मुद्दामा बालेनको विरुद्धमा आदेश दिएको थियो ।
आदेशमा फिल्म चलाउन रोक नलगाउन भनिएको थियो । त्यसपछि मेयर बालेनले ‘राष्ट्रियता र स्वाधीनताको सवाल अगाडि आउँदा अदालत र सरकार नमान्ने’ भनेर सामाजिक संजालमा अभिव्यक्ति दिएका थिए । सोही अभिव्यक्तिले अदालतको अपहेलना भएको जिकिर मुद्दामा पक्ष झाले गरेकी छिन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसूर्यदर्शन सहकारी बचत अपचलन: रवि लामिछानेसहित प्रतिवादीहरूको थुनछेक बहस जारी
पुष २४, २०८१ बुधबार
नवीकरण नभएका सङ्कलित हतियार बुझाइँदै
पुष २४, २०८१ बुधबार
बादलुको घुम्टोभित्र घोराही र देउखुरी
पुष २४, २०८१ बुधबार
दार्चुला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापन जटिल
पुष २४, २०८१ बुधबार
जोशी हाइड्रोपावरको साधारण सभा माघ १५ गतेलाई आह्वान
पुष २४, २०८१ बुधबार
नारायणी डेभलपमेन्ट बैंकको ९४ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
पुष २४, २०८१ बुधबार