बजेट पास गर्न गठबन्धनभित्रका चार दलको आनाकानी, फकाउँदै प्रधानमन्त्री प्रचण्ड
नेपालबहस संवाददाता
असार १३, २०८० बुधबार ८:५७:४०
१३ असार, काठमाडौं । विनियोजन विधेयक २०८० (बजेट) पास गर्नका लागि सरकारले आज प्रतिनिधिसभाको बैठकमा प्रस्ताव पेस गर्दै छ । यसका लागि बिहान ११ बजे प्रतिनिधिसभाको बैठक बोलाइएको छ ।
कांग्रेस, माओवादीबाहेकका सत्ता साझेदार दलहरूले बजेट पास गर्न सघाउने अथवा नसघाउने भन्ने निर्णय अहिलेसम्म गरेका छैनन् । उनीहरूलाई फकाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रयासरत छन् । उनले चरण चरणमा छलफल गरिरहेका छन् ।
जनता समाजवादी पार्टी (जसपा), नेकपा एकीकृत समाजवादी (नेकपा एस), नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीले यसबारे निर्णय गरिसकेका छैनन् । के गर्ने भन्ने बारे यी दलले संसदीय दलको बैठक बसेर आज बिहान निर्णय गर्दैछन् ।
नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले भने मंगलबार नै बजेटको पक्षमा मतदान गर्न ह्वीप जारी गरिसकेका छन् । आज बिहान ११ बजे बस्ने प्रतिनिधि सभा बैठकबाट विनियोजन विधेयक २०८० पास गर्ने तयारी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिर्यात ३२ प्रतिशतले बढेको अवस्थामा ७ खर्ब २३ अर्ब बढी देखियो व्यापार घाटा
माघ ७, २०८१ सोमबार
निर्माण व्यवसायीको २२ अर्ब बढी भुक्तानी, ६ अर्ब भुक्तानी हुन बाँकी
पुष २६, २०८१ शुक्रबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
सभापति देउवाद्वारा पौडेलको निधनप्रति दुःख व्यक्त
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
ताप्लेजुङ घटनाका विषयमा छलफल गर्न गृहमन्त्रीले बोलाए चार जिल्लाका सांसद
माघ १५, २०८१ मंगलबार
पश्चिमी वायुको प्रभावले उपत्यकाको आकाशमा तुवाँलो
माघ १५, २०८१ मंगलबार
देशमा असल सुशासन र समुचित विकास नै शहीदप्रतिको सच्चा सम्मान होः राष्ट्रपति
माघ १६, २०८१ बुधबार
रौतहटमा १० देखि १४ वर्ष उमेर समूहका ५० हजार बालिकालाई लगाइँदैछ एचपिभि खोप
माघ १६, २०८१ बुधबार
तराईमा लागेको हुस्सु र कुहिरो अपराह्नपछि सुधार हुने
माघ १६, २०८१ बुधबार
बुधबार दहि खाएर यात्रामा निस्कदा शुभ फल प्राप्त हुने
माघ १६, २०८१ बुधबार