रामानन्द सागरको 'रामायण' टेलसिरियल पुन: टिभीमा हेर्न पाइने
नेपालबहस संवाददाता
असार १३, २०८० बुधबार ११:५३:१
१३ असार, मुम्बई । रामायणमा आधारित फिल्म ‘आदिपुरुष’ लाई लिएर देश भर विवाद चर्किएको छ । प्रभास, कृति सेननको फिल्म रिलिज भएको १२ दिन बितिसक्दा पनि जनताको मनमा रहेको आक्रोश शान्त हुने नाम लिइरहेको छैन । ओम राउत निर्देशित यो मेगा बजेट फिल्म विवादमा फसेको बेला ‘रामायण’का फ्यानहरुका लागि एउटा खुसीको खबर आएको छ ।
सन् १९८० को दशकको चर्चित टीभी सिरियल ‘रामायण’ फेरि टेलिकास्ट हुने भएको छ । रामानन्द सागरले बनाएको यो सिरियल कहिले, कहाँ र कुन समयमा प्रशारण हुने हो रु यो जानकारी राखौँ ।
अरुण गोभिल, दीपिका चिखलियाजस्ता स्टार कलाकारलाई लिएर बनेको यो पौराणिक सिरियल ओम राउतले घोषणा गरेको दिनदेखि नै ‘आदिपुरुष’सँग तुलना भइरहेको थियो । लकडाउनमा पुनः रामकथाबारे जनतालाई सचेत गराए पछि रामानन्द सागरद्वारा रचना गरिएको ‘रामायण’ फेरि एकपटक टीभीमा फर्किएको छ ।
वास्तवमा च्यानल शेमारू टीभीले सुपरहिट शो रामायणको प्रोमो इन्स्टाग्राममा सेयर गर्दै लेखेको छ, ‘हामी तपाईँहरू सबै प्रिय दर्शकहरूको लागि विश्व प्रसिद्ध पौराणिक धारावाहिक रामायण ल्याइरहेका छौं, ३ जुलाई बाट रामायण साँझ ७ः ३० बजे मात्र हेर्नुहोस्। आफ्नो मनपर्ने च्यानल शेमारु टीभीमा।
यो पौराणिक सिरियल शेमारु टिभी च्यानलमा जुलाई ३ गतेवाट साँझ ७ः३० बजे प्रशारण हुनेछ । रामानन्द सागर निर्देशित रामायण १९८० को दशकमा लोकप्रिय सिरियल थियो। सिरिजमा रामको भूमिकामा अरुण गोभिल, सीताको भूमिकामा दीपिका चिखलिया र लक्ष्मणको भूमिकामा सुनिल लाहिरीले अभिनय गरेका छन् । यसमा स्वर्गीय दारा सिंहले हनुमानको भूमिका निभाएका थिए भने अरविन्द त्रिवेदीले रावणको भूमिका निर्वाह गरेका थिए।
यो सिरियल सुरुमा २५ जनवरी १९८७ देखी ३१ जुलाई १९८८ सम्म प्रसारित भएको थियो र दर्शकहरूको ठूलो माया प्राप्त भयो।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदेशभर सञ्चालित चलचित्र भवनको सूची सार्वजनिक
मंसिर १९, २०८१ बुधबार
पुराना अभिनेत्रीहरू पुनः पर्दामा फर्किए
मंसिर १२, २०८१ बुधबार
फिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
सहकारी ठगीमा रवि पत्नी निकिता पनि तानिने, जालसाजीमा अनुसन्धान गर्न सिफारिस
मंसिर १९, २०८१ बुधबार
महानगरको टोलीले भाटभटेनी सुपरमार्केटबाट निकाल्यो खान नमिल्ने नरिवल, ढुसी परीक्षण हुँदै
मंसिर १९, २०८१ बुधबार
भुटानका राजा र रानी शुक्रबार बिहान नेपाल आउने
मंसिर १९, २०८१ बुधबार
‘बीआरआई सहकार्य फ्रेमवर्क’ मा ‘छापामार’ शैलीको हस्ताक्षर
मंसिर १९, २०८१ बुधबार
विवाहपञ्चमी महामहोत्सवको चौथो दिन तिलकोत्सव विधि सम्पन्न
मंसिर १९, २०८१ बुधबार
‘विद्यालय शिक्षा ऐन ल्याउन जरूरी छ’
मंसिर १९, २०८१ बुधबार
कीर्तिपुरको परिणामले कांग्रेस सुदृढ हुँदैछ भन्ने सन्देश दिएको छ: प्रकाशमान सिंह
मंसिर १९, २०८१ बुधबार
प्रधानमन्त्रीबाट सङ्ग्रहालयको अवलोकन
मंसिर १९, २०८१ बुधबार
नुवाकोटबाट लागूऔषधसहित दुई जना पक्राउ
मंसिर १९, २०८१ बुधबार