पचास प्रतिशत अनुदानमा किसानलाई सिँचाइ मोटर
नेपालबहस संवाददाता
असार १३, २०८० बुधबार १२:६:६
१३ असार, लहान । सिरहाको गोलबजार नगरपालिका-१३ को वडा कार्यालयले किसानलाई अनुदानमा मोटर उपलब्ध गराएको छ । किसानलाई सिँचाइ गर्न सहज होस् भन्ने उद्देश्यले वडा कार्यालयले ५० प्रतिशत अनुदानमा एक सय १० घरपरिवारलाई मङ्गलबारदेखि मोटर उपलब्ध गराएको हो ।
रु १८ हजार पर्ने मोटरको मूल्यमा वडा कार्यालयले रु नौ हजार अनुदान दिएको थियो । अनुदानमा मोटर उपलब्ध गराउनका लागि चालू आवमा वडा कार्यालयले रु १० लाख विनियोजन गरेको वडा अध्यक्ष नन्द किशोर महतोले बताए ।
“किसानले समेत लगानी गरेपछि अपनत्व महसुस हुन्छ”, अध्यक्ष महतोले भने, “वितरण गरिएका सामग्रीको माया हुन्छ, त्यसको जतन गरी उपयोग पनि गरिन्छ ।” मोटर खरिदमा अनुदान दिएपछि किसानले पनि राहत महसुस गरेका छन् ।
“आकासे पानीको भरमा खेतिपाती गरिरहेका थियौँ, समयमा पानी नपर्ने तथा बालीनाली नसप्रने समस्या हुन्थ्यो, मोटर पाएपछि सिँचाइमा ढुक्क भएको छ”, किसान चन्द्रनाथ महतोले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
कन्काई पुल : पाँच पटक ठेक्काको म्याद थप , १३ वर्षमा आधा काम
माघ ३, २०८१ बिहिबार
‘गाउँले सहरमा वन्यजन्तु बस्तीमा’
माघ ३, २०८१ बिहिबार
अझै खुल्न सक्दैनन् एचआइभी सङ्क्रमित
माघ ३, २०८१ बिहिबार
पाकिस्तानसँग बलियो रक्षा सम्बन्ध बनाउँदै बंगलादेश, भारतलाई कस्तो असर पर्ला ?
माघ ३, २०८१ बिहिबार