सोरुकोट सौर्य ऊर्जाको बत्तीले झिलीमिली
नेपालबहस संवाददाता
असार १३, २०८० बुधबार १३:४५:७
१३ असार, मुगु । सोरु गाउँपालिकाको सोरुकोट सौर्य ऊर्जाको बत्तीले झिलिमिली देखिएको छ । वैकल्पिक ऊर्जा र गाउँपालिकाको आर्थिक सहयोगमा एक सय ३६ सोलार पाता र ९६ ब्याट्री जडान गरेर ६० वाटको विद्युत उत्पादन गरी दुई सय परिवारको घरमा विद्युत पु¥याइएको छ ।
दियालोको भरमा रात कटाउँदै आएका सोरुकोट, रोकायाबाडा, बन्जाहलगायत गाउँका बासिन्दा सौर्य ऊर्जाबाट घरमा बिजुली बाल्न पाएपछि खुसी भएका छन् । सौर्य ऊर्जाको बत्ती बाल्न पाउँदा खुसी लागेको सोरुकोट गाउँका उनबहादुर शाहीले बताए । गाउँपालिका, प्रहरी चौकी, वन डिपो, खाद्य डिपो, इलाका प्रशासन कार्यालय रहेको सोरुकोटमा सौर्य ऊर्जाको बत्तीले कर्मचारीलाई कामकाज गर्न पनि सहज भएको बताइएको छ ।
यस्तै, सौर्य ऊर्जाको बत्तीले पालिकाको प्रशासनिक कामकाज गर्न सहज भएको पालिका अध्यक्ष धर्मबहादुर शाहीले बताए । पानीको स्रोत नभएको सोरुकोटमा वैकल्पिक ऊर्जा र पालिकाको आर्थिक सहयोगमा सौर्य ऊर्जा प्रविधिबाट विद्युत उत्पादन गरिएको हो । सोरुकोटका बासिन्दालाई रातमा उज्यालोदेखि मोबाइललगायतका विद्युतीय उपकरण चार्ज गर्न तथा साना उद्योग सञ्चालन गर्न सुविधा भएको छ ।
सौर्य ऊर्जाबाट उत्पादन गरिएको बत्तीले सोरुकोट झिलिमिली भएको पालिका उपाध्यक्ष केशरबहादुर शाहीले बताए । उक्त विद्युतलाई सोरुकोटभन्दा केही टाढाका बस्तीमा पुर्याउने लक्ष्य राखिएको उनको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबागमती नदीमा छाडियो मेलम्चीको पानी
मंसिर १४, २०८१ शुक्रबार
लगानी बोर्ड बैठकः बूढीगण्डकीलगायत विभिन्न जलविद्युत् परियोजनाको लगानी स्वीकृत
मंसिर १३, २०८१ बिहिबार
एमसीए नेपालले ४०० केभी विद्युत् प्रसारणलाइन निर्माणका लागि निकाल्यो बोलपत्र
मंसिर १२, २०८१ बुधबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
चाडपर्व सकिएपछि फेरि ‘मुग्लान’
मंसिर १४, २०८१ शुक्रबार
बसले ठक्कर दिँदा जाजरकोटमा पैदलयात्रीको मृत्यु
मंसिर १४, २०८१ शुक्रबार
एनपीएलको तयारी पूरा : क्यान
मंसिर १४, २०८१ शुक्रबार
परराष्ट्रमन्त्री राणा र चिनियाँ विदेशमन्त्री वाङ यीबीच द्विपक्षीय भेटवार्ता
मंसिर १४, २०८१ शुक्रबार
मुलुकको आर्थिक समृद्धि र राजनीतिक स्थायित्वका लागि वर्तमान सरकार : नेता डा कोइराला
मंसिर १४, २०८१ शुक्रबार
रौतहटमा खोलामा नुहाउन गएका दुई युवकको डुबेर मृत्यु
मंसिर १४, २०८१ शुक्रबार