‘टिस्यु कल्चर’ प्रविधिबाट केराको बिरुवा उत्पादन
नेपालबहस संवाददाता
असार १३, २०८० बुधबार १५:५९:४०
१३ असार, झापा । जिल्लामा टिस्यु कल्चर प्रविधिबाट केराका बिरुवा उत्पादन गर्न थालिएको छ । योसँगै भारत र वीरगञ्जबाट बिरुवा ल्याउनुपर्ने झन्झटबाट यहाँका किसान मुक्त भएका छन् ।
गौरादह नगरपालिका–२ र अर्जुनधारा नगरपालिका–३ मा टिस्यु कल्चर प्रविधिबाट जी–नाइन, विलियम हाइव्रेड र मालबोक जातका केराको बिरुवा उत्पादन गर्न थालिएको हो ।
जिल्लामा उत्पादित केराका बिरुवा यहाँको वातावरणमैत्री रहेकाले केरा कृषकका लागि उपयुक्त भएको कृषि ज्ञान केन्द्र झापाका सूचना अधिकृत गणेश शिवाकोटीले बताए । उनका अनुसार सरकारले कृषि ज्ञान केन्द्र र स्थानीय तहमार्फत प्रदेश नं–१ लाई केरा खेतीमा आत्मनिर्भर बनाउन ब्लक र पकेट क्षेत्र सञ्चालन गरेको छ ।
केरा खेतीमा आत्मनिर्भर बनाउन थालिएको अभियानमा सहयोग पुर्याउने उद्देश्यले गौरादह नगरपालिकामा टिस्यु कल्चर प्रविधिबाट बिरुवा उत्पादन थालिएको बिरुवा उत्पादक संस्था फाइकस बायोटेक प्रालिका सञ्चालक दुर्लभ कार्कीले बताए । हालसम्म सरकारबाट कुनै सहयोग नलिएको उनले बताए । संस्थाले काठमाडौंको बूढानीलकण्ड नगरपालिका–२ र गौरादहमा उक्त प्रविधिको प्रयोग गरी केराका बिरुवा उत्पादन गरिरहेको उनले जानकारी दिए ।
सञ्चालक कार्कीले वि.सं २०७२ मा बूढानीलकण्ठमा ल्याब सुरु गरेको बताउँदै झापामा विसं २०७६ देखि सुरु गरेको बताए । उनले तत्कालीन राष्ट्रिय आलु विकास कार्यक्रमको ५० प्रतिशत र संस्थाको ५० प्रतिशत लगानी ल्याब सञ्चालनमा ल्याएको जानकारी दिए । उनका अनुसार ल्याबका लागि रू दुई करोड लगानी गरिएको छ ।
“ल्याबबाट वार्षिक ८० हजार केराको बिरुवा र एक लाख आलुको बिरुवा उत्पादन हुने गरेको छ”, सञ्चालक कार्कीले भने, “टिस्यु कल्चर प्रविधिबाट बिरुवा उत्पादन गर्दा एकै पटक सामूहिक उत्पादन गर्न सकिने र कीटाणुरहित बिरुवा उत्पादन हुन्छ ।” यस प्रविधिबाट उत्पादन गरिने बिरुवाको कोषलाई हुर्काउन ल्याबमै ३५ दिनसम्म राख्नुपर्ने उनले बताए । वातावरण सुहाउँदो बायोटेक नर्सरीमा ल्याबबाट निकालेर झन्डै दुई महिनासम्म बिरुवा हुर्काएपछि मात्र रोप्न योग्य हुने उनको भनाइ छ ।
कार्कीले भने, “झन्झटिलो भए पनि यस्तो बिरुवाबाट उत्पादन गरिएको केराको बोटमा फल राम्रो लाग्छ र किसानले राम्रो आम्दानी गर्न सक्छन् । भारतबाट सस्तो मूल्यमा आयातीत बिरुवाका कारण कहिलेकाहीँ बजारीकरणमा समस्या छ ।” उनका अनुसार ल्याबमा हाल १० जना स्थानीयले रोजगारी पाएका छन् ।
यहाँ उत्पादित केराको बिरुवा जिल्लामै खपत हुँदै आएको कार्कीले बताए । भारतबाट आउने सस्तो मूल्यको बिरुवाका कारण कहिलेकाहीँ विक्रीमा भने समस्या हुने गरेको छ ।
नर्सरीबाट जी नाइन, विलियम हाइव्रेड जातको बिरुवा प्रतिगोटा रू ३५ र मालबोक केराको बिरुवा प्रतिगोटा रू ६५ ले बिक्री गर्दै आएको कार्कीले जानकारी दिए । किसानले चैतदेखि भदौसम्म बिरुवा रोप्ने गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबिर्तामोड नगरपालिकाले तोक्यो तरकारीको न्यूनतम् समर्थन मूल्य
माघ १५, २०८१ मंगलबार
सुन्तला खेतीले फेरियो दोसल्ले गाउँको मुहार
माघ १४, २०८१ सोमबार
व्यावसायिक स्याउखेती विस्तार गर्न कृषि प्रविधिकलाई तालिम
माघ १२, २०८१ शनिबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
सभापति देउवाद्वारा पौडेलको निधनप्रति दुःख व्यक्त
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
ताप्लेजुङ घटनाका विषयमा छलफल गर्न गृहमन्त्रीले बोलाए चार जिल्लाका सांसद
माघ १५, २०८१ मंगलबार
पश्चिमी वायुको प्रभावले उपत्यकाको आकाशमा तुवाँलो
माघ १५, २०८१ मंगलबार
देशमा असल सुशासन र समुचित विकास नै शहीदप्रतिको सच्चा सम्मान होः राष्ट्रपति
माघ १६, २०८१ बुधबार
रौतहटमा १० देखि १४ वर्ष उमेर समूहका ५० हजार बालिकालाई लगाइँदैछ एचपिभि खोप
माघ १६, २०८१ बुधबार
तराईमा लागेको हुस्सु र कुहिरो अपराह्नपछि सुधार हुने
माघ १६, २०८१ बुधबार