बजेट वक्तव्यबाट हटाइयो जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने प्रावधान
नेपालबहस संवाददाता
असार १३, २०८० बुधबार १६:२७:१०
१३ असार, काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०÷८१ का लागि गत जेठ १५ मा प्रस्तुत गरेका बजेट वक्तव्यमा समावेश गरिएका जिल्ला निर्वाचन कार्यालय खारेजी प्रावधानलाई हटाएका छन् ।
विपक्षी दल एमाल र रास्वपाले बजेट पारितका लागि आज बसेको बैठक चल्न नदिएपछि मन्त्री डा. मतहले रोष्ट्रमबाट खारेजी गर्ने व्यहोरालाई हटाएर जिल्ला निर्वाचन कार्यालय अहिलेकै अवस्थामा कायम रहने उल्लेख गरेका छन् ।
उनले सरकारको मनसाय जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने र जनताले निष्पक्ष र स्वतन्त्रपूर्वक आवधिक निर्वाचनमा मतदान गर्न पाउने वातावरणमा तलमाथि हुन दिने भन्ने नरहेको स्पष्ट पार्दै खारेजी व्यवस्थालाई हटाएको जानकारी दिए ।
जानकारीपछि बैठक सुचारु भएको छ । खारेजी शब्द नहटाएसम्म बैठक चल्न नदिने बताउँदै अवरोध कायम राखेपछि यसअघि बैठक एक घण्टा स्थगित भएको थियो ।
मन्त्री महतले साधारण खर्च कटौती गर्ने योजनामुताविक जिल्ला निर्वाचन कार्यायलाई खारेज गरी कार्यालयले गर्दै आइरहेको सम्पूर्ण कामकारवाही जिल्ला प्रशासन कार्यालयभित्र राखिने ईकाइमाफर्त संचालन गर्ने व्यवस्था गरिएको थियो । विरोधपछि वक्तयव्यको अनुसुची १६ को खण्ड (क)को १० मा राखिएको उक्त व्यस्थालाई महतले हटाएका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुढानिलकण्ठमा कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीसहित संसदीय दलको बैठक
माघ ३, २०८१ बिहिबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो, कारोबार ३ करोड भन्दा माथि
माघ ३, २०८१ बिहिबार
सिद्धार्थ बैंकको नगद लाभांश शेयरधनीहरुको खातामा जम्मा
माघ ३, २०८१ बिहिबार
सैफअली खान माथी मध्यरातमा आक्रमण गर्ने तीन जना पक्राउ
माघ ३, २०८१ बिहिबार
सानिमा बैंकको ४९ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
माघ ३, २०८१ बिहिबार
बिहीबार तोलामा १२०० सयले बढ्यो सुनको मूल्य
माघ ३, २०८१ बिहिबार