‘विनियोजन विधेयक २०८०’ लाई पारितको घोषणापछि पनि सभामुखले लगे भोटिङमा
नेपालबहस संवाददाता
असार १३, २०८० बुधबार १६:४६:०
१३ असार, काठमाडौं । सरकारले जारी बजेटअधिवेशनअन्तर्गत बुधबार प्रतिनिधिसभाको बैठकमा पारितका लागि पेस गरेको ‘विनियोजन विधेयक २०८०’ बहुमतले पारित भएको घोषणा गरेपनि विपक्षी दलको मागपछि सभामुख देवराज घिमिरेले मत विभाजन अर्थात भोटिङमा लगेका छन् ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले पारितका लागि पेस गरेका विधेयकलाई घिमिरेले ध्वनि मतका आधारमा ‘हुन्छड वा ‘हुन्न’ भन्ने विधिबाट निर्णायर्थ प्र्रस्तुत गरेका थिए । प्रस्तुत गर्दा हुन्छ भन्ने अर्थात सत्ता पक्षका सांदहरुले हात उठाउँदा बहुमतले पारित भएको घोषणा गरे ।
तर प्रमुख प्रतिपक्षी एमालेका सचेतक महेश बर्तौलाले विधेयकका पक्षमा हात उठेका सदस्य संख्याप्रति आशंका भएको भन्दै मतविभाजनको माध्यमबाट विधेयकको टुंगो लगाउन माग गरे । सोही अनुसारा सभामुख घिमिरेले तत्कालै भोटिङमा लगेका हुन् ।
सभामुख घिमिरेले ध्वनि मतका आधारमा विधेयकप्रति ‘हुन्छ भन्ने पक्षका सदस्यहरुको बहुमत रहेकाले पारित भएको घोषणा गर्दछु’ भनिसेकेको अवस्थालाई उल्ट्याएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदेशमा असल सुशासन र समुचित विकास नै शहीदप्रतिको सच्चा सम्मान होः राष्ट्रपति
माघ १६, २०८१ बुधबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
सभापति देउवाद्वारा पौडेलको निधनप्रति दुःख व्यक्त
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
ताप्लेजुङ घटनाका विषयमा छलफल गर्न गृहमन्त्रीले बोलाए चार जिल्लाका सांसद
माघ १५, २०८१ मंगलबार
पश्चिमी वायुको प्रभावले उपत्यकाको आकाशमा तुवाँलो
माघ १५, २०८१ मंगलबार
देशमा असल सुशासन र समुचित विकास नै शहीदप्रतिको सच्चा सम्मान होः राष्ट्रपति
माघ १६, २०८१ बुधबार
रौतहटमा १० देखि १४ वर्ष उमेर समूहका ५० हजार बालिकालाई लगाइँदैछ एचपिभि खोप
माघ १६, २०८१ बुधबार
तराईमा लागेको हुस्सु र कुहिरो अपराह्नपछि सुधार हुने
माघ १६, २०८१ बुधबार