आलु र प्याज आयातमा भ्याट हटदैन, अनुदान दिएर आत्मनिर्भर बनाइन्छ : अर्थमन्त्री महत
नेपालबहस संवाददाता
असार १३, २०८० बुधबार १८:२३:४२
१३ असार, काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आयात गरिने आलु र प्याजमा भ्याट लाग्ने स्पष्ट पारे्का छन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले ‘आर्थिक विनियोजन विधेयक २०८०’ माथि उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री डा. महतले विदेशमा खरिद गरिने प्याज र आलुमा लगाएको मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने निर्णयबाट सरकारले पछि नहटने स्पष्ट पारेका छन् ।
आयातमा कर लगाउँदा देशभित्रका आलु र प्याज उत्पादन गर्दै आएका किसानले खुशी व्यक्त गरेको बताए । किसानलाई हातमा अनुदान दिएर आलु र प्याजमा आत्मनिर्भर बनाइछाड्ने प्रतिवद्धता व्यक्त गरे । यस्तै विदेशबाट ल्याइने फ्रोजन मासुमा कर लगाएको पनि स्पष्ट पारे । साथै स्वदेशमा उत्पादन हुने मासुमा कर नलगाइएको उनले स्पष्ट पारे ।
यस्तै उनले सुर्तीमा भइरहेको करमा थप गरिएको बताए । आयातित मदिरामा पनि कर बढाएको बताए । मदिरामा ‘लक्जरी कर’ लगाएको र यसका लक्षित वर्ग फाइभस्टर होटलहरु रहेको बताए ।
उनले ३५/४० लाख रुपैयाँ विद्युतीय गाडी चट्ने व्यक्ति गरिब हुन नसक्ने भन्दै क्षमताअनुसार विद्युतीय (ईभी)मा कर तोकेको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिर्माण व्यवसायीको २२ अर्ब बढी भुक्तानी, ६ अर्ब भुक्तानी हुन बाँकी
पुष २६, २०८१ शुक्रबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
बिहीबार तोलामा १२०० सयले बढ्यो सुनको मूल्य
माघ ३, २०८१ बिहिबार
मुस्ताङका सीडीओ बस्ने आवासगृहमा आगलागी
माघ ३, २०८१ बिहिबार
बीमा हत्याउने उदेश्यले प्रेमीसँग मिलेर श्रीमतीले गरिन श्रीमानको हत्या
माघ ३, २०८१ बिहिबार
बुढानिलकण्ठमा कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीसहित संसदीय दलको बैठक
माघ ३, २०८१ बिहिबार
पेट दुखिरहन्छ ? उसो भए खानुहोस फाइबरयुक्त यी ५ चीज
माघ ३, २०८१ बिहिबार