क्यानका अध्यक्ष चन्दको विशेष सहयोग र पहलमा कालिगड पार्कीको उपचार काठमाडौंमा हुँदै
नेपालबहस संवाददाता
असार १४, २०८० बिहिबार १२:२१:१
♦ नरेन्द्र बिष्ट
१४ असार, काठमाडौं । सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत बैतडी दोगडाकेदार गाउँपालिका वडा नम्बर ८ का स्थानीय कालिगड जय बहादुर पार्कीलाई बुद्ध एयरको जहाजबाट हिजो काठमाडौं ल्याएको छ। नेपाल क्यानका अध्यक्ष चतुर बहादुर चन्दको विशेष सहयोग र पहलमा थप उपचारको लागी काठमाडौंको वीर अस्पतालमा भर्ना गरिएको छ । हिजो राती नै उनको अप्रेशन भएको उनका भाइ कृष्ण पार्कीले बताएका छन् ।
अहिले उनको स्वास्थ्य अवस्था सुधार उन्मुख रहेको र वीर अस्पताल काठमाडौंमा उपचार भइरहेको उनले बताए । पार्कीको अवस्था केही सुधार उन्मुख भए पनि अझै आइसीयु वेडमा नै उपचारत छन्। अझै स्वास्थ्य निको हुन् लामो समय लाग्ने अस्पतालले जनाएको छ। उनलाई गत वैशाख २८ गते धनगढीमा रहेको सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो ।
स्थानीय तथा प्रदेश सरकार सङ्ग पटक पटक सहयोगको लागि अपिल गर्दा समेत सिफारिस बाहेक कुनै किसिमको आर्थिक सहयोग हुन सकेन । जन निर्वाचित प्रतिनिधिहरु विभिन्न राजनीतिक दलका नेताहरूले सुरुमा आश्वासन दिए पनि उनीहरूबाट कुनै किसिमको सहयोग नभएको उनका भाइ कृष्ण पार्की बताउँछन् ।
स्थानीय जनता र आफन्त इस्ट्मित्रहरुले भने उल्लेखनीय सहयोग गर्दै आएका छन् । सहयोग अहिले पनि जारी रहेको छ ।
पुष्पाञ्जलि सामुदायिक विकास तथा उत्थान समाज बैतडीका अध्यक्ष प्रकाश जि. पि चिन्तनले बहु( प्रतिभा शाली कालिगड जय बहादुर पार्की बचाउ अभियान संचालन गरेका थिए। जस अन्तर्गत अहिलेसम्म विभिन्न ठाउँहरूबाट उपचारमा सहयोग भएको थियो ।
यस्तै अभियानको सञ्चालन संस्थाका अध्यक्ष प्रकाश जि.पी चिन्तनले गरेको भए पनि पैसा भने बिरामीका भाइ कृष्ण पार्कीको खातामा सहयोगले नै पठाउन सक्ने व्यवस्था गरेका थिए। दिन दुःखको सेवामा समर्पित प्रकाशले यो भन्दा पहिला पनि थुप्रै अभियान चलाएको छ।
अभियानको थालनी गर्दै गर्दा बिरामीका आफन्तको कुनै एकाउन्ट नभएको हुँदा सुरुवाती अभियानको थालनी गर्दै गर्दा अध्यक्षको एकाउन्ट प्रयोग गरिएको भए पनि अहिले भने बिरामी पार्कीका भाई कृष्ण पार्कको एकाउन्टमा सहयोगी दाताहरुले सहयोग गर्न सक्ने व्यवस्था गरिएको छ । सहयोग गर्न सक्ने व्यवस्था संस्थाका अध्यक्ष चिन्तनले नै मिलाएका हुन् । पार्कीलाई सन्चो नहुँदा सम्म अभियान जारी नै रहने अध्यक्ष चिन्तनले बताए ।
सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार गर्न अहिलेसम्म उक्त अभियानले नै सम्भव भएको हो । पछिल्लो समय पार्कीको स्वास्थ्य अवस्थामा सुधार आउन सकेन । बीचमा एक चोटि स्वास्थ्यमा सुधार आए पनि फेरि झन् सुधार हुनुको सट्टा बल्झिन पुग्यो । त्यसपछि सेती अस्पतालमा उनको उपचार सम्भव नभएपछि थप उपचारको लागि काठमाडौं ल्याउन विभिन्न संघ संस्था र विभिन्न राजनैतिक दलका नेता तथा कार्यकर्तालाई अपिल गर्दा समेत कसैले पहल गर्न सकेनन् ।
स्थानीय कालिगड पार्की बैतडी जिल्लाकै स्थानीय भएकाले सबैभन्दा पहिले बैतडीकै शीर्ष नेताहरू सङ्ग सम्पर्क भएता पनि अन्त्यमा नेपाली काङ्ग्रेसका बैतडी जिल्ला सभापति तथा नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुर बहादुर चन्द नै सकारात्मक देखिनु भएको छ।
एक दिन अघि मात्र क्यानका अध्यक्ष सङ्ग समस्या राखेका थिए । दोस्रो दिन नै बुद्ध एयरको जहाजबाट जय बहादुरलाई काठमाडौं ल्याइएको हो । चन्दकै आर्थिक सहयोग र पहलमा पार्कीको उपचार वीर अस्पतालमा अहिले सम्भव भइरहेको छ । हिजै बिरामी पार्कीलाई भेट्न क्यानका अध्यक्ष चन्द अस्पतालमै प्रत्यक्ष पुगेर स्वास्थ्य लाभको कामना समेत गरेको खबर बिरामीका भाइ कृष्ण पार्कीले बताए ।
सार्वजनिक कार्यक्रममा देश र जनताको नाम लिएता पनि व्यवहारमा त्यसो हुन् नसकेको बिरामीका छोरा दीपक पार्की दुखेसो पोख्छन् । धेरै जसो नेता त चुनावमा मात्र जनप्रिय बन्न खोज्ने र अरु दिन त आफू बादशाह नै पाएको आक्रोश बिरामीका छोरा दीपक बताउँछन् ।
यस्तै समस्या भुइँमा नपुग्दै समाधानको उपाय तिर लागि पर्दा यति बेला चन्दको खुलेरै प्रशंसा भइरहेको छ। देश जोगाउनेको सन्तानले नै व्यक्ति बचाउन सक्छन् भन्नेमा आफू विश्वस्त रहेको गणेश पार्कीले बताए ।
धेरैको लागि राजनीति दुनियाँ ठग्ने पेट पाल्ने भाँडो भएता पनि केही असल नेता नभएका होइनन् ,असल नेतालाई ढिलो चाँडो मात्रै हो । जुन दिन जनताले राम्रोसँग असल नेतृत्वलाई चिन्ने छन् । त्यही दिन देखि जनताको कुशल र असल जनप्रतिनिधि चुनिएको अभ्यास हुनेछ ।
यस्तै सोही अभियान अझै पनि जारी रहेकाले देश तथा विदेशमा रहेका सहयोगी मनहरुले उनका भाइ कृष्णको सम्पर्क मोबाईल न. ९८६३३५७८६२ मा सम्पर्क गर्न सक्ने र कृष्ण पार्कीको कुमारी बैँक लिमिटेडमा रहेको खाता नम्बर 0280276706400001 मा जम्मा गरी सहयोग गर्न सकिने पारिवारिक स्रोतले जनाएको छ ।
स्थानीय कालिगढ जय बहादुर पार्की बैतडी जिल्लाकै लोकप्रिय नभएर सुदुरपश्चिम प्रदेशकै काष्ट कलाकर्मीका रुपमा परिचित व्यक्ति हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचन्द्रगढीमा भूकम्प सुरक्षा दिवस मनाइयो
माघ २, २०८१ बुधबार
पाँच महिनामा एक हजार बढी आगलागीका घटना, १६ जनाको मृत्यु
माघ २, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम तीव्र
माघ ३, २०८१ बिहिबार
आँबुखैरेनी गाउँपालिकाले छात्राहरुका लागि बचत खाता खोल्ने
माघ ३, २०८१ बिहिबार
प्रदेश मन्त्रीले गैरजिम्मेवार अभिव्यक्ति दिएको बालेन शाहको भनाइ
माघ ३, २०८१ बिहिबार
नेपाल लाइफ इन्स्योरेन्सले शेयरधनीहरुलाई २१।०५ प्रतिशत लाभांश वितरण गर्दै
माघ ३, २०८१ बिहिबार
गठबन्धन सरकारका काम कारवाही र जारी अध्यादेशबारे कांग्रेस बैठकमा छलफल
माघ ३, २०८१ बिहिबार
पाकिस्तानमा भेटियो ठुलो सुनखानी, ७ सय अर्बको कारोबार हुने दावी
माघ ३, २०८१ बिहिबार