चलचित्रकर्मी कल्याणकारी कोषमा अमेरिका निवासी अधिकारीद्वारा आर्थिक सहयोग
नेपालबहस संवाददाता
असार १४, २०८० बिहिबार १२:२७:५६
१४ असार, काठमाडौं । संयुक्त राज्य अमेरिका निवासी नारायण अधिकारीले चलचित्र विकास बोर्ड अन्तर्गत रहेको चलचित्र कर्मी कल्याणकारी कोषलाई आर्थिक सहयोग प्रदान गरेको छ। बुधबार बोर्डको कार्यालयमा पुगि अधिकारीले रु। १ लाख पाँच हजार रकम सहयोग गरेको हो।
सहयोग प्रदान गर्दै अधिकारीले आफू सधैं नेपाली चलचित्रको शुभचिन्तक रहेको बताए। एउटै नेपाली चलचित्र पनि पटक पटक हेर्ने गरेको बताउँदै अधिकारीले नेपाली चलचित्रकर्मीहरुको सहायता स्वरूप कल्याणकारी कोषमा थप सहयोग जुटाउन आफ्नो सक्रियता रहने बताए।
कोषकी संयोजक बसुन्धारा भुषालले कोषलाई सहयोग गर्दा एकपटक मात्र नभइ जुग जुग सम्मलाई सहयोग हुने बताइन्। उनले सबै नेपाली चलचित्रकर्मीको तर्फबाट अधिकारीलाई धन्यवाद व्यक्त गरिन्। बोर्ड अध्यक्ष भुवन केसीले सहयोगदाता अधिकारीको प्रशंसा गर्दै चलचित्रकर्मीलाई राहत होस् भनेर मनबाट गरेको सहयोगलाई लिएर सबै चलचित्रकर्मी आभारी रहने बताए।
चितवनमा जन्मिएका अधिकारी विगत चौध बर्षदेखी अमेरिकाको पेन्सिलवेनियामा रही व्यवसाय सन्चालन गर्दै आएको छ। सहयोग प्रदान कार्यक्रममा बोर्ड अध्यक्ष केसी, कोष संयोजक भुषाल सहित बोर्ड सदस्यहरू केएल बुढाथोकी, राजु केसी, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, नेपाल चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली, नेपाल चलचित्र द्वन्द्व संघका अध्यक्ष नारायण प्रधान, निर्देशक पुर्णेन्दु झा लगायतको उपस्थिति रहेको थियो।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचलचित्र ‘डोरी’को पहिलो पोस्टर सार्वजनिक, चैत्र १५ मा प्रदर्शनमा आउने
माघ १, २०८१ मंगलबार
'कार्साङ'को कलाकार टिम माघ २ गते हलहलमा जाने
माघ १, २०८१ मंगलबार
सुरक्षा पन्तको चलचित्र ‘खेल’ वैशाख १२ मा रिलिज हुने, अफिसियल पोस्टर सार्वजनिक
पुष २८, २०८१ आइतबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
इजरायल र हमासबीच गाजामा युद्धविराम र बन्धक मुक्त गर्ने सम्झौता
माघ ३, २०८१ बिहिबार
निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम तीव्र
माघ ३, २०८१ बिहिबार
आँबुखैरेनी गाउँपालिकाले छात्राहरुका लागि बचत खाता खोल्ने
माघ ३, २०८१ बिहिबार
करका विषयमा प्रदेश सरकार र काठमाडौं महानगरबीच विवाद, पैसा बुझाएको बालेनको दावी
माघ ३, २०८१ बिहिबार
नेपाल लाइफ इन्स्योरेन्सले शेयरधनीहरुलाई २१।०५ प्रतिशत लाभांश वितरण गर्दै
माघ ३, २०८१ बिहिबार
गठबन्धन सरकारका काम कारवाही र जारी अध्यादेशबारे कांग्रेस बैठकमा छलफल
माघ ३, २०८१ बिहिबार