पशुपतिनाथको जलहरीबाट हटाइयो पूर्वराष्ट्रपति भण्डारी र केपी ओलीको नाम
नेपालबहस संवाददाता
असार १४, २०८० बिहिबार १२:३९:४
१४ असार, काठमाडौं । पशुपतिनाथको मन्दिरको जलहरीबाट पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी र केपी शर्मा ओलीको नाम हटाइएको छ । सुनको जलहरी बनाउँदा भण्डारी राष्ट्रपति र ओली प्रधानमन्त्री थिए । यसैले उनीहरूको नाम राखिएको थियो ।
जलहरीको सुत तौल गर्ने क्रममा भण्डारी र ओलीसहित १३ जनाको नाम हटाइएको हो । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किराँतीको निर्देशनमा भण्डारी र ओलीसहित १३ जनाको नाम जलहरीबाट हटाइएको हो । जलहरी प्रकरणपछि अख्तियारले सुनको नापजाँच गरेपछि जलहरीमा लेखिएको नाम हटाइएको बताइएको छ ।
मन्त्री किराँतीले जलहरीमा नाम लेखाउनु पनि भ्रष्टाचार गर्नु भएको भन्दै यसरी नाम लेख्दै जान असम्भव भएकाले हटाउन निर्देशन दिएका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिनाथको जलहरीको सुन निकालेर तौल लिएको छ ।
जलहरी जोख्दा १०७.४६८७ किलोग्रामको पाइएको छ । जलहरीको नापतौल तथा शुद्धता परीक्षण गर्दा १०७.७६ किलोग्राम हुनुपर्नेमा १०७.४६८७ किलोग्राम भएको पाइएको छ । राति सवा एक बजेसम्म सुनको तौल लिइएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसंसदका दुई समितिको बैठक बस्दै
पुष २५, २०८१ बिहिबार
अपिहिमाल गाउँपालिकाको विकासमा पहल गर्छु : अध्यक्ष प्रचण्ड
पुष २४, २०८१ बुधबार
विपिन जोशीको रिहाइका लागि पहल गरिदिन इजरायललाई परराष्ट्रमन्त्रीको आग्रह
पुष २४, २०८१ बुधबार
जय ट्रफीः आर्मी र पुलिस बलियो अवस्थामा
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
'डार्क सर्कल'बाट पीडित हुनुहुन्छ ? उसो भए यो उपाय अपनाउनुहोस्
पुष २५, २०८१ बिहिबार
संसदका दुई समितिको बैठक बस्दै
पुष २५, २०८१ बिहिबार
मध्यपहाडी लोकमार्गको कास्की–बागलुङखण्डमा १९३ किलोमिटर कालोपत्र
पुष २५, २०८१ बिहिबार
तराईमा हुस्सु, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना
पुष २५, २०८१ बिहिबार