एक महिनामै यसरी घट्यो बैंकहरूको बेस रेट
नेपालबहस संवाददाता
असार १४, २०८० बिहिबार १३:८:३८
१४ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकले पछिल्लो समय बैंक तथा वित्तीय संस्थाले आउने महिनाको लागि त्यसअघिका हरेक तीन महिनाको औसत अनुसार आधार दर तय गर्न सक्ने व्यवस्था गरेको छ । यसअघि हरेक तीन-तीन महिना मात्रै कर्जामा लाग्ने आधार दर परिर्वतन हुने गर्थ्यो । अब भने हरेक महिना पछिल्ला तीन महिनाको आधार दरको औसत लिएर तय गरिन्छ ।
एक महिनाको अवधिमा वाणिज्य बैंकहरुको औसत आधार ०.१० प्रतिशतले घटेको छ । बैंकहरुले सार्वजनिक गरेको विवरण अनुसार वैशाखसम्म तीन महिनाको औसत आधार दरको तुलनामा जेठसम्म यस्तो औसत आधार दर मात्रै ०.१० प्रतिशतले घटेको हो । बैंकहरुको पछिल्लो तीन महिनाको औसत आधार दर (चैत, वैशाख र जेठ) को १०.३४ प्रतिशतमा आएको छ । फागुन, चैत र वैशाखको औसत आधार दर १०.४४ प्रतिशत थियो ।
यस अवधिमा तीन वाणिज्य बैंकहरुको औसत आधार दर एकल अंकमा रहेको छ । एकल अंकमा आधार दर हुनेमा राष्ट्रिय वाणिज्य बैंक, स्टाण्डर्ड चार्टर्ड र नेपाल बैंक रहेका छन् । सबैभन्दा कम औसत आधार दर राष्ट्रिय वाणिज्य बैंकको ८.२४ प्रतिशत छ । स्टाण्डर्ड चार्टर्डको ९.२९ प्रतिशत र नेपाल बैंकको ९.५५ प्रतिशत औसत आधार दर रहेको छ । बेस रेटमा केही प्रतिशत प्रिमियम थप गरेर बैंकहरुले कर्जा दिने गर्छन् । त्यसैले बेस रेट बढ्दा ब्याजदर पनि बढ्दै जान्छ भने बेस रेट घट्दा ब्याजदर पनि घट्दै आउँछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपग्लोबल आइएमई बैंकका डेबिट तथा क्रेडिट कार्डबाहकलाई बिग मार्टमा १० प्रतिशत छुट
असोज ४, २०८१ शुक्रबार
माछापुच्छ्रे बैंकले ल्यायो चाडपर्व लक्षित अफरै अफरहरु
असोज ४, २०८१ शुक्रबार
सिटिजन्स बैंकका ग्राहकहरूलाई मिराज बेकरीमा विशेष छुट
असोज ४, २०८१ शुक्रबार
रविलाई पक्राउ गर्ने कि नगर्नेमा विवाद, पुरक अभियोजनका लागि छलफल
नेपालबहस संवाददाता
असोज ४, २०८१ शुक्रबार
रविलाई पक्राउ गर्ने कि नगर्नेमा विवाद, पुरक अभियोजनका लागि छलफल
असोज ४, २०८१ शुक्रबार
सहकारीको नामबाट गोरखा मिडियाको खातामा आएको साढे २२ करोडमा रवि लामिछाने संलग्न
असोज ४, २०८१ शुक्रबार
सांस्कृतिक आदानप्रदान र दिगो विकासमा पर्यटनको भूमिका महत्वपूर्णः पर्यटनमन्त्री
असोज ४, २०८१ शुक्रबार
रविलाई पक्राउ गर्ने कि नगर्नेमा विवाद, पुरक अभियोजनका लागि छलफल
असोज ४, २०८१ शुक्रबार
नागढुङ्गा-नौबीसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिने सहमति
असोज ४, २०८१ शुक्रबार
आईफोन–१६ अब अर्को आईफोनबाट ताररहित रूपमा पुनर्स्थापित गर्न सकिने
असोज ४, २०८१ शुक्रबार
मधेस प्रदेश सभाको तेस्रो अधिवेशन अन्त्य
असोज ४, २०८१ शुक्रबार