एक लाख १८ हजार बिरुवा निःशुल्क वितरण गर्दै
नेपालबहस संवाददाता
असार १४, २०८० बिहिबार १३:३६:२८
१४ असार, मध्यविन्दु । नवलपरासीको बर्दघाट सुस्तापूर्वस्थित डिभिजन वन कार्यालयले ३२ प्रजातिका एक लाख १८ हजारभन्दा बढी बिरुवा निःशुल्क वितरण गर्ने भएको छ । कावासोती र गैँडाकोट गरी दुई वटा नर्सरीमा उत्पादित विभिन्न प्रजातिका बिरुवा वितरण लागिएको हो ।
उक्त कार्यालयको परिसरमा रहेको डिभिजन नर्सरी र गैँडाकोट सवडिभिजन कार्यालयको सव डिभिजन नर्सरीमा हुर्काइएका एक लाख १८ हजार बिरुवा रोप्नका लागि निःशुल्क वितरण थालिएको बन अधिकृत एवं सूचना अधिकारी हरिप्रसाद गौतमले बताए ।
दुई वटै नर्सरीबाट एक लाख १७ हजार बिरुवा उत्पादनको लक्ष्य रहे पनि लक्ष्यभन्दा धेरै बिरुवा तयार भएको उनको भनाइ थियो । यस वर्ष वन कार्यालयले आफ्नै नर्सरीमा ३२ प्रजातिका बिरुवा तयार गरेकामा बहुवर्षीय रुखका बिरुवा, डालेघाँसका बिरुवा, फूलका बिरुवा, सुगन्धित जडीबुटीका बिरुवाका साथै भू–क्षय, कटान तथा पहिरो रोकथामा उपयोगी बाँस तथा अम्रिसो जातका बिरुवा रहेको छ ।
असार ८ गतेदेखि विरुवा उपलब्ध गराउन थालिएकामा अहिले बिरुवा लिन आउनेहरू बढेका छन् । लामो समयको खडेरीपश्चात् भर्खर मनसुन सक्रिय भएकाले अब बिरुवा रोप्दा जोगाउन सजिलो हुने भएपछि बिरुवा लिन आउनेहरू बढेका हुन् । निजी, सार्वजनिक तथा संस्थागत सबैलाई निःशुल्क बिरुवा उपलब्ध गराउँदा वातावरणीय सन्तुलन, वातावरणीय सौन्दर्य, भू–क्षय तथा कटान रोकथाम र पशुका लागि घाँस परिपूर्तिमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।
“विशेषगरी निजी जमिनमा बिरुवा माग गर्ने उपभोक्ताले सौन्दर्यका लागि धूपी, कल्कीफूल, गुलमोहर, विरेन्द्रफूल, कपुरजस्ता बिरुवा लैजाने गरेका छन्” सूचना अधिकारी गौतमले भने “सामुदायिक वन, संस्थागत र सार्वजनिक स्थलमा वृक्षारोपण गर्नेहरूले सबै प्रजातिका बिरुवाको माग गर्ने गरेका छन्।” कार्यालयले बिरुवा वितरण खुला गरेसँगै यहाँका विद्यालयले समेत वृक्षरोपणमा चासो देखाएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाँकेमा चिसोले जनजीवन प्रभावित
माघ २, २०८१ बुधबार
लुम्बिनी प्रदेशमा आज सार्वजनिक विदा
माघ २, २०८१ बुधबार
पाटे बाघको आक्रमणमा परी बर्दियामा महिलाको मृत्यु
पुष २८, २०८१ आइतबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रधानमन्त्रीले उद्घाटन गरे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको भवन
माघ ३, २०८१ बिहिबार
हुम्लाको उच्च भेगमा बाक्लो हिमपात
माघ ३, २०८१ बिहिबार
हमास-इजरायल युद्बबिराम आइतवार देखी लागु हुनेछः कतारका प्रधानमन्त्री
माघ ३, २०८१ बिहिबार
रास्वपाका नेता कार्यकर्ता माइक टाइसन भन्दा बलियाः गोकुल बाँस्कोटा
माघ ३, २०८१ बिहिबार
प्रधानमन्त्री ओली पोखरा पुगे
माघ ३, २०८१ बिहिबार