प्रदर्शनमा उत्रिएका यातायात मजदुरहरुको नाराः ‘ट्राफिक ज्यादाति बन्द गर’
२० वर्ष पुराना गाडी चलाउन पाउनुपर्ने जिद्दी
नेपालबहस संवाददाता
असार १४, २०८० बिहिबार १३:४५:२६
१४ असार, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष अर्थात आउँदो साउन १ गतेदेखि देशभरबाट २० वर्षभन्दा अगाडि बनेका गाडी हटाउने निर्णय लिएरसँगै विरोधमा भाडा र सार्वजनिक यातायातका व्यवसायी र चालक तथा मजुहरु सडकमा आएका छन् ।
उनीहरुले सरकारको लिएको निर्णय खारेज हुनुपर्ने माग राख्दै ट्याक्सी, टेम्पो, ट्रक र ट्यांकर चालकहरु आज काठमाडौंका सडकमा सवारीसहित प्रदर्शन उत्रिएका छन् ।
कलंकी–बालाजु खण्डको सडकको एक लेन कब्जा गरेर प्रदर्शन गरेका छन् । प्रदर्शनका कारण सवारी आवागमन प्रभावित भएको छ । प्रदर्शनको नेतृत्व राष्ट्रवादी ट्याक्सी तथा चालक व्यवसायी संघ, उपत्यका खानेपानी स्रोत तथा ट्यांकर व्यवसायी केन्द्र लगायत संगठनले गरेका छन् ।
उनीहरुले २० वर्ष पुराना गाडी चलाउन पाउनुपर्ने, पार्किङ स्ट्याण्ड हुनुपर्ने, ट्राफिकले अनवाश्यक दुःख दिने र चिट काट्ने क्रम बन्द हुनुपर्ने, निजी सवारी साधनलाई भाडामा चल्न रोक लगाउनुपर्ने सेवा दिन नपाउनुपर्ने लगायत माग राखेका छन् ।
सरकारले आगामी वर्षका लाग ल्याएको बुधबार पारित बजेटमा आउने साउन १ गतेदेखि २० वर्ष पुराना सवारी साधन हटाउने नीति लिने व्यवस्था गरिएको छ । यद्यपि यस्ता व्यवस्था यसअघि धेरै पटक ल्याएपनि कार्यान्वयन भने हुन सकेको छैन ।
पुराना गाडीका कारण देशभित्र सवारी दुर्घटना बढेको र प्रदुषण उच्च बनेको भन्दै सरकारले २० वर्षभन्दा पहिले बनेका गाडी विस्थापन गरेर विद्युतीय सवारी चालउन प्रोत्सहन गर्ने नीति लिएको सरकारको दाबी छ । अहिले सडकमा ४२ वर्ष पुराना गाडी समेत भाडामा यात्रु बाेक्न प्रयाेग भइरहेकाे सरकारकाे दाबी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबिपी राजमार्ग पुनर्निर्माणमा साढे ९ अर्ब लाग्ने, जापानको मुख ताक्दै सरकार
पुष २१, २०८१ आइतबार
कालीगण्डकी कोरिडोरः माझीबस्ती–खनियाघाट खण्ड कालोपत्र
पुष १७, २०८१ बुधबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
पुष २०, २०८१ शनिबार
सूर्यदर्शन सहकारी ठगीः रवि लामिछानेसहित सात प्रतिवादीहरूको थुनछेक बहस जारी
पुष २१, २०८१ आइतबार
हेलिकोप्टरबाट सुत्केरीको उद्धार
पुष २१, २०८१ आइतबार
ओलीको राजनीतिक प्रतिवेदनः अर्थतन्त्रले अपेक्षित गति लिन नसकेको स्वीकार
पुष २१, २०८१ आइतबार
खुम्बु क्षेत्रमा स्थानीयले हेलिप्याडमा झण्डा गाडेपछि रोकियो हेलिकप्टर उडान
पुष २१, २०८१ आइतबार
पर्वतमा आगलागीमा परी ७२ वर्षीया वृद्धाको मृत्यु
पुष २१, २०८१ आइतबार