ललितपुर अदालतकी महिला कर्मचारीमाथि हातपात, आरोपमा वकिल पक्राउ
नेपालबहस संवाददाता
असार १४, २०८० बिहिबार १३:५२:५३
१४ असार, काठमाडौं । ललितपुर जिल्ला अदालतमा कार्यरत महिला कर्मचारीमाथि हातपात भएको छ । आतपात गरेको आरोपमा कानुन व्यवसायी अमिर लामछिानेलाई प्रहरीले पक्राउ गरेको छ ।
आफूलाई हात पात गरेको भन्दै नासु प्रेमिका तामाङले प्रहरीमा उजुरीका आधारमा प्रहरीले लामिछानेलाई बुधबार पक्राउ गरेको हो । मुद्दाको फाइल हेर्नेक्रममा सुरु भएको विवादमा लामिछानेले हातपात गरेको तामाङको दाबी छ । हातपातबाट तामाङको मुखमा चोट लागेको र सर्टसमेत च्यातिएको छ ।
उजुरी परेपछि लामिछानेलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको ललितपुर प्रहरी परिसर प्रमुख सिद्धिविक्रम शाहले बताए ।
तर अभियुक्त लामिछानेले भने फाइल तानातान गर्दा चोट लागेको बताएको बयान दिएका छन् । उनीमाथि अभद्र व्यवहार कसुरमा अनुसन्धान भइरहेको प्रमुख शाहले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबैठकबाट माओवादीले पारित गर्यो १६ प्रस्तावः पूर्णपाठ
पुष २३, २०८१ मंगलबार
गेटामा विश्वविद्यालय सञ्चालनको गृहकार्य गर्दै सरकार
पुष २३, २०८१ मंगलबार
विदेशमा सिकेका सीप, श्रम र आर्जित पुँजीलाई स्वदेशमा परिचालन गरौं : मन्त्री भण्डारी
पुष २३, २०८१ मंगलबार
जोशी हाइड्रोपावरको साधारण सभा माघ १५ गतेलाई आह्वान
पुष २४, २०८१ बुधबार
नारायणी डेभलपमेन्ट बैंकको ९४ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
पुष २४, २०८१ बुधबार
देशका सबै नागरिकमा शुद्ध पेयजलको व्यवस्था गर्न सरकार क्रियाशील
पुष २४, २०८१ बुधबार
सङ्खुवासभाको मकालु क्षेत्रमा हिमपात, जनजीवन प्रभावित
पुष २४, २०८१ बुधबार
२०२४ मा १० हजार पर्यटकले गरे मनास्लु क्षेत्रको भ्रमण
पुष २४, २०८१ बुधबार
सहकारी ठगीमा मुछिएकी लेखा समिति सभापति पोखरेलकी पन्ती कोइराला अदालतमा हाजिर
पुष २४, २०८१ बुधबार