बागमती प्रदेश प्रमुखद्वारा इदपर्वको अवसरमा शुभकामना
नेपालबहस संवाददाता
असार १४, २०८० बिहिबार १४:१:३२
१४ असार, मकवानपुर । बागमती प्रदेशका प्रमुख यादवचन्द्र शर्माले मुस्लिम समुदायमा हर्षोल्लासपूर्वक मनाइँदै गरिएको बकर इदको अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीलाई शुभकामना दिएको छ ।
उनले आज एक शुभकामना सन्देश जारी गर्दै रमजान पर्वको ७० औँ दिनमा मनाइने यस पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली एवं मुसलमान समुदायलाई सुख, शान्ति, समृद्धि एवं दीर्घायुको कामना गरेको हो । उनले जातीय, धार्मिक एवं सांस्कृतिक विविधताबीच आपसी सद्भाव, सहिष्णुता, मेलमिलाप र एकताको सूत्रमा बाँधी राख्न यस पर्वबाट प्रेरणा मिलाेस् भन्ने शुभकामना दिएको छ ।
प्रदेश प्रमुख शर्माले आफ्नो शुभकामना सन्देशमा भनेको छ, “रमजान पर्वको ७० औँ दिनमा मनाइने यस पर्वको सन्दर्भमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली मुसलमान दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि एवं दीर्घायुका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।”
हिजरी संवत्अनुसार एक हजार चार सय ४० वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको विश्वास गरिन्छ । मुस्लिम समुदायको अत्यन्त ठूलो पर्वका रूपमा रहेको बकर इदमा रिस, राग र द्वेषलाई बिर्सेर एकापसमा खुसी, सद्भाव तथा शुभकामना व्यक्त गर्ने गरिन्छ ।
प्रमुख शर्माले बहुभाषिक, बुहधार्मिक, बहुसांस्कृतिक विविधताले भरिपूर्ण नेपाली समाजमा यस्ता चाडपर्वका माध्यमबाट विभिन्न जातजाति तथा समुदायको मौलिक संस्कृति र परम्पराको संरक्षण एवं संवर्द्धन गर्न सघाउ पुग्दछ भन्ने आफूले विश्वास लिएको शुभकामना सन्देशमा उल्लेख गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘पुरातात्विक स्थलको संरक्षण राज्यको दायित्व’
पुष २९, २०८१ सोमबार
काठमाडौं महानगरपालिकाले ७२० जना शिक्षकलाई तालिम दिने
पुष २६, २०८१ शुक्रबार
निकञ्जमा घाँसेमैदान व्यवथापनको काम काम सुरु
पुष २५, २०८१ बिहिबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
हमास-इजरायल युद्बबिराम आइतवार देखी लागु हुनेछः कतारका प्रधानमन्त्री
माघ ३, २०८१ बिहिबार
रास्वपाका नेता कार्यकर्ता माइक टाइसन भन्दा बलियाः गोकुल बाँस्कोटा
माघ ३, २०८१ बिहिबार
प्रधानमन्त्री ओली पोखरा पुगे
माघ ३, २०८१ बिहिबार
संसदीय सुनुवाइ समितिले न्याय परिषद् सदस्यमा प्रस्तावित खड्काविरुद्ध माग्यो उजुरी
माघ ३, २०८१ बिहिबार
अफ्रिकाको सुन खानीमा फसेका २४६ को जिवितै उद्धार, ७८ शव निकालियो
माघ ३, २०८१ बिहिबार