माओवादी केन्द्रले कोशीमा आफ्नै नेतृत्वमा सरकार गठन गर्न पहल गर्ने
नेपालबहस संवाददाता
असार १४, २०८० बिहिबार १४:१८:०
१४ असार, मोरङ । कोशी प्रदेशसभामा विपक्षी दल नेकपा (माओवादी केन्द्र)ले आफ्नै नेतृत्वमा सरकार गठन गर्न पहल लिने निर्णय गरेको छ । पार्टीको संसदीय दलको बैठकले आज यस्तो निर्णय गरेको हो ।
बैठकले मुख्यमन्त्री हिकमतकुमार कार्कीले राखेको विश्वासको मतको प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री कार्कीले आज बस्ने प्रदेशसभामा विश्वासको मत लिने प्रस्ताव पेस गर्ने तयारी गरेका छन् ।
गएको जेठ १६ गतेयता फरकफरक मितिमा जसपा र माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि कार्की अल्पमतमा परेका छन् । संवैधानिक व्यवस्था अनुसार असार १६ गतेभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्न व्यवस्था छ ।
जसपा, स्वतन्त्र, राप्रपा र माओवादी केन्द्रको समर्थनमा एमालेबाट मुख्यमन्त्री बनेका कार्कीसँग एमालेका ४० र राप्रपाका ६ गरी ४६ सदस्यको समर्थन छ । ९३ सदस्य रहेको कोशी प्रदेश सरकार गठनका लागि ४७ मत आवश्यक पर्छ । माओवादी केन्द्रले कांग्रेस, एकीकृत समाजवादी, जसपा र सभामुखसहितको ४७ मत पुर्याएर सरकार गठन गर्ने योजना बनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोशी प्रदेशसभाको हिउँदे अधिवेशन माघ ७ गते आह्वान हुने
पुष २८, २०८१ आइतबार
आगामी वैशाखमा लगानी सम्मेलन गर्दै कोशी प्रदेश
पुष २५, २०८१ बिहिबार
कोशी प्रदेशमा जङ्गली हात्तीको उपद्रो बढ्दै, स्थानीय त्रासमा
पुष १७, २०८१ बुधबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
संसदीय सुनुवाइ समितिले न्याय परिषद् सदस्यमा प्रस्तावित खड्काविरुद्ध माग्यो उजुरी
माघ ३, २०८१ बिहिबार
अफ्रिकाको सुन खानीमा फसेका २४६ को जिवितै उद्धार, ७८ शव निकालियो
माघ ३, २०८१ बिहिबार
बसन्त चाड : दैनिक १२ करोड चिनियाँको रेल यात्राको रेकर्ड
माघ ३, २०८१ बिहिबार
इजरायल र हमासबीच गाजामा युद्धविराम र बन्धक मुक्त गर्ने सम्झौता
माघ ३, २०८१ बिहिबार
निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम तीव्र
माघ ३, २०८१ बिहिबार
आँबुखैरेनी गाउँपालिकाले छात्राहरुका लागि बचत खाता खोल्ने
माघ ३, २०८१ बिहिबार